अबेर राति सुरु भयो भरतपुरको मतगणना, हेर्नुहोस् पछिल्लो ताजा अपडेट

  • भरतपुर ।
चितवनको भरतपुर नगरपालिका-१९ को मतगणना सुरु भएको छ । यद्यपि अहिलेसम्म कुन उम्मेदवारले कति मत पाए भन्ने जानकारी गराइएको छैन ।

सर्वदलीय सहमतिपछि शुक्रबार राति साढे १० बजेबाट मतगणना सुरु भएको हो । गत २१ वैशाखमा भएको निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको हो । 

सो वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । रेणुलाई प्रमुख सत्तारुढ नेपाली काँग्रेसको समेत समर्थन छ । २७ वटा वडाको मतगणना हुँदा ज्ञवाली दाहालभन्दा ७ सय ८४ मतले अगाडि थिए । ज्ञवालीले ४० हजार ९ सय ८० र दाहालले ४० हजार १ सय ९४ मत पाएका छन् । भरतपुरका २९ वडामध्ये शुक्रबार मतदान भएको १९ नम्बर र २० नम्बर वडाको मतगणना बाँकी छ ।

भरतपुर–२० मा ३ हजार ३ सय २ मतगणना हुन बाँकी छ । यसैबीच अघिल्लो पटकजस्तो मतपत्र नच्यातियोस भन्नका लागि मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाएर दलका प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

२०७४ साउन २० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...