भरतपुरको मतगणना सिसि टिभीको निगरानीमा

  • काठमाडौं ।
सर्वाधिक चासो रहेको भरतपुर महानगरपालिका वडा नं.१९ र २० को मतगणना अब सिसि टिभीको निगरानीमा शुरु गरिँदैछ।

मतगणना स्थल भरतपुरमा रहेको कवर्डहलमा शुक्रबार नै निगरानीका लागि चार वटा सिसि टिभी जडान गरिएको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । उनले राजनीतिक दलका प्रतिनिधिहरुलाई यस पटक कडा निगरानी गरिने जानकारी दिए ।

वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान सम्पन्न भएपछि मतगणना शुरु गर्न लागिएको हो । तर मतगणना कसरी शुरु गरिँदैछ भन्ने तपाईँले अनुमान लगाउनु भएको छ ? यसअघि मतगणनाका क्रममा मतपत्र च्यातिएका कारण यो पटक एकदमै फरक ढंगले गणना शुरु गर्न लागिएको छ । 

रमाइला कुरा के छ भने यसअघि मतगणनाका क्रममा दलका प्रतिनिधिले नै मतपत्र च्यातेका कारण पुनःमतदान गर्नुपरेका कारण यो पटक प्रतिनिधिले गणकलाई छुन समेत नसक्ने गरी ब्यवस्था मिलाइएको छ । 

भरतपुरस्थित जिल्ला समन्वय समिति नजिक रहेको जिल्ला कराँते कवर्ड हलमा मतगणना गर्नका लागि बनाइएको स्थलमा सुरक्षाकर्मीको ठूलो समूह तैनाथ छ । मतगणना गर्दा गणकहरुलाई तारजालीभित्र राखेर गणना गर्ने ब्यवस्था मिलाइएको छ । उक्त तारजालीभित्र कुनै पनि दलका प्रतिनिधि जान सक्ने छैनन् ।

तालजाली भन्दा बाहिर दलका प्रतिनिधिलाई बस्ने ब्यवस्था मिलाइएको छ । एक प्रतिनिधिका पछाडि दुई कमाण्डो फोर्सका सुरक्षा तैनाथ हुनेछन् । मतगणनास्थलमा तीन वटा सीसीटीभी जडान गरिएको छ । 


,

प्रतिकृया दिनुहोस्

Loading...