पोखरा सस्तो बजारका व्यापारीमाथि प्रहरी दमन, नेकपा कास्की सेक्रेटरीसहित पाँच पक्राउ

  • पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीका कास्की सेक्रेटरी ‘जगन’लाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा पृथ्वीचोकस्थित सस्तो बजारमा प्रहरीले बल प्रयोग गरी सेक्रेटरी नन्दलाल तिवारीसहित पाँच जनालाई पक्राउ गरेको हो । जगन भूमाफियाको कब्जाबाट साना व्यापारीलाई मुक्त गर्न न्यायिक संघर्ष गर्दैगर्दा सुरक्षाकर्मीले दमन गरेर पक्राउ गरेको हो ।

हतियारसहित दर्जनौं संख्यामा गएको प्रहरीले शुक्रबार दिउँसो आक्रमण गरेको छ । दमनपछि व्यापारीका सामान प्रहरीले लुटेर ट्रकमा हालेर अज्ञात स्थलतिर लगेको पीडितहरुले बताए ।

प्रहरी र व्यापारीबीच निकैबेर झडप भएको छ । झडपपछि नेकपा कास्की जगन, व्यापारीहरु देवीप्रसाद देवकोटा, शर्मिला अधिकारीसहित ६ जना पक्राउ परेका छन् । दर्जन बढी व्यापारी घाइते भएका छन् । व्यापारीको सामान प्रहरीले यत्रतत्र छरेर विचल्ली बनाएको प्रत्यक्षदर्शीले बताए ।

भूमिफयासँग मिलेर व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका व्यापारीहरुलाई उठिबास लगाउने गरी राज्यबाट थालिएको कदमको नेपाल कम्युनिस्ट पार्टीले घोर विरोध गर्दै आइरहेको छ ।

सस्तो बजारका व्यापारीलाई दमन गरी हटाउने प्रयास गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी नेकपाका प्रवक्ता प्रकाण्डले साउन १७ गते एक प्रेस विज्ञप्तिमार्फत दिएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...