राजदरबार नजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते
![](https://1.bp.blogspot.com/-FzQ8oA13f9s/WaGf9fSH0SI/AAAAAAAAVSU/L94Ewr5YqFQFdWyqZLqxxAB7HOl9ce_ZQCLcBGAs/s1600/alacepic.jpg)
- काठमाडौं ।
आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारीसाधन नजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ । अधिकारीहरुका अनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।
यसैबीच घटना भएका बेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ ।
२०७४ भदौ १० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...