यी तीन मन्त्रालयका फाइल कब्जा गर्दै प्रधानमन्त्रीपत्नी आरजु राणा


काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भौतिक तथा पूर्वाधार, खानेपानी, श्रम लगायतका मन्त्रालयका महत्वपूर्ण फाइलहरू बुढानिलकण्ठ मगाएर अध्ययन गर्न थालेको रहस्य खुलेको छ ।

‘भाउजु’लाई हिसाब किताब बुझाउनु पर्छ भन्दै भौतिक पूर्वाधार तथा योजनामन्त्री बीरबहादुर बलायर, खानेपानी मन्त्री महेन्द्र यादव र श्रममन्त्री फर्मुल्लाह मन्सुरले कमाइ हुने ठूला फाइलहरू सिधै बुढानिलकण्ठ पठाउने गरेको स्रोतको भनाई छ । 

यातायात कार्यालयमा भ्रष्टाचार हुन्छ भन्ने जाँदाजान्दै मन्त्री बलायर सस्तो लोकप्रियताका लागि लाइनमा बसेको चर्चा हुन थालेको छ ।

आरजुले हप्तैपिच्छे मोटो रकम बुझाउन लगाएको उर्दीबाट मन्त्री आजित बनेको पनि चर्चा शुरु भएको छ ।

उता, पर्वत जिल्लाका सिधासाधा सांसद अर्जुन जोशीको भाग खोसेर विमलेन्द्र निधिको कोटामा खानेपानी मन्त्री बनेका यादवललाई पनि प्रधानमन्त्री पत्नी आरजुले प्रत्येक हप्ता ठूलो रकम बुझाउन उर्दी जारी गरेको मन्त्रालय स्रोत बताउँछ ।

खानेपानी मन्त्रालयमा मन्त्री यादवले सचिव, विभागका महानिर्देशक र शाखा अधिकृतसम्मसँग आम्दानीको स्रोतको बारेमा छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाको क्याबिनेटमा कांग्रेसका यी तीन मन्त्रीहरू बीरबहादुर, महेन्द्र र फरमुल्लाहले ठूलो बद्नामी कमाएको आरोप छ ।

उनीहरूले आफूले कुनै पनि निर्णय गर्दैनन् । निर्णय गर्नुपर्दा ‘आरजु भाउजु’लाई सोध्नुपर्छ भनेर फोन घुमाइ हाल्छन् । आरजुको आदेश आयो भने फाइल सदर गर्ने गरेको स्रोतको भनाई छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

२०७४ साउन २६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...