जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा, पोखरा र चितवनमा पनि खुल्दै
![](https://1.bp.blogspot.com/-nFho60Sa09g/WaKnklPpKoI/AAAAAAAAVWc/RyuhUScL2p0VznECryI0kC1DgQakyZjkQCLcBGAs/s1600/_RX_2750%2Bcopy.jpg)
- काठमाडौँ ।
जापानको बिभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ ।
तिन करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् ।
एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।
जापानमा रेस्टुरेन्ट ब्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए ।
जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।
नेपालमा घुम्न आउने जापानीजहरु, जापानीजस्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भए पनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ ।
नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
![](https://1.bp.blogspot.com/-jy_L-4X39tU/WaKn1CdHVbI/AAAAAAAAVWg/Z5Cr6HXd4HgaE2mQ5OsJw3B1fxRZxj-7QCLcBGAs/s640/_RX_2687%2Bcopy.jpg)
![](https://2.bp.blogspot.com/-IIRQnEkvedg/WaKoI8TpMRI/AAAAAAAAVWk/e_3Rem8VOKY-Iv3L83AK_syS9b54mZLmQCLcBGAs/s1600/_RX_2702%2Bcopy.jpg)
२०७४ भदौ ११ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...