खाजा खाँदा सांसदलाई हरियो झिंगा उपहार दिइएपछि संसद भित्र हंगामा...

  • काठमाडौँ । 
संसद भवन बानेश्वरको हातामा हरेको चमेना गृह (क्याण्टिन)मा एक जना पूर्व मन्त्री एबंम सांसदलाई खाजा खाँदा चाउमिनसंगै हरियो झिँगा उपहार परेको छ । 

संसद बैठकबाट निस्किएर भोक मेटाउन सहयोगी र आफूलाई चाउमिन अर्डर गरेकी सांसद एवं पूर्वकृषि राज्यमन्त्री राधिका तामाङले चाउमिन खाँदाखाँदै प्लेटमा हरियो झिँगा परेको हो ।

जब चाउमिनको प्लेटमा हरियो झिंगा देखिन्, तब उनलाई बान्ता हुन खोज्यो । ‘क्याण्टिन’ सञ्चालकलाई बोलाउन कर्मचारीलाई भनिन् । क्याण्टिनका कर्मचारीले डराउँदै ‘साहुजी’ लाई माननीयको प्लेटमा झिंगा परेको खबर दिए । तर, साहुजी आएनन् । 

त्यसपछि माननीय राधिका भोकभोकै डेरातिर हिंडिन् । तामाङले मुलुक हाँकिरहेका नेताहरुले नियमित रुपमा चिया, नास्ता र खाना खाने क्याण्टिनमा भएको हदैसम्मको लापरबाही अक्षम्य रहेको बताइन् । 


‘देश चलाउने ठूला नेताहरुले समेत खाना खाने क्याण्टिनको हालत त यस्तो छ भने अरु होटल र रेष्टुरेण्टको अवस्था के होला ?’, उनले भनिन् । त्यसबारे आफूले सम्वद्ध निकायमा जानकारी गराएर कारबाहीका लागि दबाब दिने उनले जनाइन् ।

त्यसो त उक्त क्याण्टिनमा भएको यो पहिलो घटना होइन । कहिले माननीयले खाजा खाँदै गर्दा फलामको किला फेला पर्ने त कहिले खाना खाएपछि झाडा बान्ता लागेर सांसदहरु बिरामी नै परेका घटना धेरै छन् ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री भएकै बेला क्याण्टिनको मासुभात खाए । साँझदेखि झाडा पखाला लागेर ओछ्यानमै सुत्नुपर्ने अवस्था आयो । कारण थियो, मरेका कुखुराको मासु ।

बाबुरामले तत्काल एक्सन लिए र क्याण्टिन सञ्चालक परिवर्तन भए । त्यसयता पनि लगातार संसदको क्यान्टिनले बासी, कुहिएका र सडेका खानेकुरा बेच्दै आएको छ । तर, क्याण्टिनमा भएको लापरबाहीबारे कोही बोल्दैनन ।  काठमाडौँ टुडेमा खबर छ ।

२०७४ साउन २२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...