अन्तरविद्यालय कोकाकोला कप फुटवलमा साहाराको विजयी सुरुवात

  • काठमाडौं ।
राजधानीमा जारी अन्तरविद्यालय कोकाकोला कप फुटवल प्रतियोगितामा साहारा नेशनल स्कुल संखमुलले बिजयी सुरुवात गरेको छ । 

आइतबार भएको खेलमा ब्ल्युबर्ड स्कुल ललितपुरलाई ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै साहाराले आफ्नो बिजयी यात्राकाे सुरुवात गरेको हो ।

९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट चरणमा गएको थियो । साहाराका लागि सुजन मगर, कुशल श्रेष्ठ, अमित मगर र अनिश केसीले एक एक गोल गरेका थिए । 

बिपक्षी ब्ल्युबर्ड ३ गोलमै सिमित भएपछि साहारा बिजयी भएको हो ।  साउन ३ गतेबाट सानो गौचरण ज्ञानेश्वर फुटवल मैदानमा अन्तरविद्यालय कोकाकोला कप फुटवल प्रतियोगिता चलिरहेको छ ।

२०७४ साउन २२ गते प्रकाशित


,

प्रतिकृया दिनुहोस्

Loading...