पदभार सम्हालेसंगै रेणु दाहालले लिइन यस्तो निर्णय, महिला र बृद्धबृद्धा खुसी

  • चितवन । 
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले पदभार सम्हाले लगत्तै महिलामैत्री निर्णय लिएकी छन् ।  दाहालको पहिलाे निर्णयबाट भरतपुरबासी खुसी भएका छन् ।

शनिबार भरतपुर महानगरकाे पहिलो मेयर बनेकी दाहालले भरतपुरका महिला र ६० वर्ष नागेका पुरूषहरूका लागि अाेपीडि सेवा निशुल्क गर्ने निर्णय गरेकी छिन् ।

आर्थिक अभावले उपचारमा समस्या कसैले पनि भोग्न नपरोस् भन्दै आन्तरिक स्रोतबाट वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको महानगरपालिकाले बताएको छ ।

भरतपुर अस्पतालमा वार्षिक १ लाख ९८ हजार जनाले बहिरंग सेवा लिने गरेको अनुमान छ । हाल भरतपुर अस्पतालमा बहिरंग बिरामी दर्ता ३० रुपैयाँ लिने गरिन्छ।

२०७४ साउन २२ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...