रसुवामा पहिरोले बस्ति बगाउँदा ४ बेपत्ता, ४ घाइते

  • नुवाकोट । 
रसुवामा बाढीपहिरोमा परी ४ जनाको अबस्था अज्ञात रहेको छ । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका ४ जना हराइरहेका छन् । 

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

त्यस्तै सोही पहिरोमा परी ४ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ ।

ओअहिरोमा परी घाइते भएका ४ जना मध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन सकिएको छैन ।

फाइल तस्बिर गूगलबाट 
२०७४ साउन २३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...