सगरमाथा चढेर पहिलो बनेको झुटो दावी गर्ने एक जोडी प्रहरी सेवाबाट बर्खास्त

  • एजेन्सी । 
आफुहरु विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको झुटो दाबी गर्ने एक जोडी भारतीय प्रहरी सेवाबाट बर्खास्त भएका छन् । 

दिनेश राठो र र तारकेश्वर राठोरले गत वर्ष सफलतापूर्वक सगरमाथाको आरोहण गरेको दाबी गरे पनि महाराष्ट्र प्रहरीले भने उनीहरले फोटो मिलाएर सगरमाथा चढेको कुरा झुटो भएको भन्दै सेवाबाट बर्खास्त गरेको हो । 

नेपाली अधिकारीहरुले त यसअघि नै उनीहरुलाई झटो समाचार दिएको भन्दै १० वर्षका लागि हिमाल चढ्न रोक लगाइसकेका छन् । अन्य आरोहीहरुले उनीहरुको आरोहणको विषयलाई लिएर प्रश्न उठाएपछि छानवीन अघि बढाइएको थियो ।

महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सोहिब्राओ पाटिलले गलत सूचना दिएर उनीहरुले महारष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिएको समाचार संस्था पीटीआईलाई उद्यृत गर्दै वीवीसीले जनाएको छ ।यसअघि दुबैले आरोहणको फोटो सत्य भएको दाबी गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...