प्रत्यक्ष निर्वाचित राष्ट्रपति नमाने कांग्रेससँग सरकारमा नबस्ने प्रचण्डको धम्की

  • काठमाडौं । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी राष्टपतिका पक्षमा नेपाली कांग्रेस सहमत नभए सँगै सरकारमा नबस्ने धम्की दिएका छन् । 

‘कार्यकारी राष्ट्रपति अबको हाम्रो राजनीतिक एजेण्डा हो, पहिले कांग्रेससँग यो प्रस्ताव गर्छु, मानेन भने सरकारमा सँगै बस्न सकिँदैन’, दाहालले मंगलबार ३ नम्वर प्रदेशको पार्टी प्रशिक्षण भेलामा भने ‘अब एजेण्डा मिल्नेसँग सत्ता साझेदार हुन्छ, नमिल्नेसँग कुनै सहकार्य हुँदैन ।’

संविधान निर्माणका बेला माओवादी केन्द्रले कार्यकारी राष्टपतिको मुल एजेण्डा बनाएको थियो । तत्तकाल कांग्रेसले नमानेपछि माओवादी वेष्र्टन मिनिस्टरी सिस्टममा गएको थियो । संविधान निर्माणका बेला छोडेको एजेण्डा माओवादीले विस्तारित बैठकबाट फेरी उठाउने निर्णय गरेको थियो ।

मंगलबार दाहालले सत्तासाझेदार दलसँग पहिले कार्यकारी राष्टपतिका बारेमा छलफल गर्ने बताए । ‘म देउवाजीलाई भन्छु प्रत्यक्ष निर्वाचित कार्यकारीलाई तपाईंहरुले स्वीकार्नु भयो भने सरकार कन्टिन्यु हुन्छ, नत्र स्वीकार्ने खोज्छौ भन्छौं’, उनले भने, ‘जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ ।’

प्रशिक्षण कार्यक्रममा दाहालले सरकार ढाल्ने कुरा मात्र गरेनन् आफु तेस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि बताए । पहिलो पटक प्रधानमन्त्री हुँदा केही काम गर्न नसकेपनि दोस्रो पटक प्रधानमन्त्री बन्दा दिल खोलेर काम गरेको बताए ।

पहिलोचोटी प्रधानमन्त्री हुँदा जताततै झिलिमिली देखियो, प्रधानमन्त्री भाको हो कि होइन जस्तो भयो’, उनले भने, ‘दोस्रो पटक हुँदा मन खोलेर काम गरियो पनि। अब तेस्रो पटक पनि भएँ भने हेर्नुहोला। त्यो त्यत्ति असम्भव पनि छैन।’

,

प्रतिकृया दिनुहोस्

Loading...