काँग्रेस-माकेले सुराकी गरेपछि प्रहरीद्धारा नेकपा कार्यकर्ताको घर-घरमा खानतलासी

  • काठमाडौं ।
माअाेवादी केन्द्र र कांग्रेसले सुराकी गरेको आधारमा रौतहटमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घर-घरमा प्रहरीले खान तलासी गरेको छ ।

नेकपा रौतहटले आफ्नो पार्टीका जिल्ला सदस्य जमानसिंह वाइवाको घरमा माअाेवादी केन्द्र र कांग्रेसकाे मिलाेमताेमा प्रहरीद्वारा खानतलासी गरेको भन्दै गंभीर अापत्ति जनाएकाे छ ।

आइतबार माओवादी केन्द्रका समीर भट्टराईको निर्देशनमा स्थानीय यादव खरेलद्धारन इप्रका चन्द्रपुरको प्रहरी टोली परियचालन गरी जमानसिंहको घरमा खानतलासी गर्नुको साथै परिवारका सदस्यहरुलाई हातपात र धरपकड गरेको हो ।

यस घटनालार्इ लिएर कम्युनिस्ट पार्टी रौतहटका इन्चार्ज विजयलाल सिंह र सेक्रेटरी विष्णु बरालद्वारा जारी विज्ञप्तिमा माओवादी केन्द्र र कांग्रेस गठबन्धन सत्ताका दलाल र सुराकीहरुले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई अनाआवश्यक रुपमा दुःख दिने गरेको जनाइएको छ ।

प्रहरी प्रशानकाे अाडमा त्यस्ता हर्कत नरोके गठबन्धन सत्ताधारी दल र त्यसका दलालहरुलार्इ जनताले नछाेड्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञेप्ती



,

प्रतिकृया दिनुहोस्

Loading...