संसद भवनभित्रकै एउटा गोप्य बैठक, देउवा र प्रचण्डलाई लाग्यो यस्तो गम्भीर आरोप..

  • काठमाडौं । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राप्रपा विभाजन गरेको आरोप लागेको छ । राप्रपा अध्यक्ष कमल थापा पक्षका नेताहरुले प्रधामन्त्री शेरबहादुर देउवा र अर्को सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीदेखि सत्तापक्षका नेताहरु राप्रपा फुटाउन तीन महिनादेखि प्रयासरत थिए, अहिले आएर उनीहरुको योजना सफल भएको छ’, राप्रपा प्रवक्ता भूवन पाठकले भने ‘राप्रपा सांसदहरुको बैठकमै कांग्रेस नेताहरु प्रधानमन्त्रीको संदेश लिएर आएको हामीलाई सुचना छ ।’

१६ साउन दिउँसो ब्यवस्थापिका संसदको बैठक चलिरहेको थियो । त्यही बेला संसदीय दलका उपनेता दीपक बोहराले आफु निकटका १६ सांसदहरुको भेला संसद भवनमै बोलाए । संसदीय दलका नेता तथा पार्टी अध्यक्ष कलम थापालाई जानकारी नै नदिई बोलाइएको बैठकमा कांग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक पुगेको पाठकले बताए ।

वोहराले बोलाएको अनौपचारिक तर गोप्य भेलामा प्रधानमन्त्रीको संदेश बोकी निधि र लेखक पुगेका थिए । उनीहरुले पार्टी विभाजन नै गरेर भएपनि सरकारमा आउन आग्रह गरेको पाठकको दावी छ । तीन क्याविनेट र तीन राज्यमन्त्रीसहित ६ मन्त्री बनाउने संदेश प्रधानमन्त्रीले पठाएका थिए । लगभग १ घण्टा कांग्रेस नेताहरुसँग राप्रपाका सांसदहरुले बैठक गरेका थिए । बैठकमा बोहरा, सुनिल थापा, विक्रम पाण्डेसहित रामकुमार सुब्बा, रेशमबहादुर लामा, लीलादेवी श्रेष्ठ, बबिना मोक्तान लावती, विराज विष्ट, शयन्द्र बान्तवा र सीता लुइँटेल ज्ञवालीले सहभागि थिए ।

बैठकपछि उनीहरु सिधै वरिष्ठ नेता पशुपति शम्शेर राणा निवास विजयबास पुगेका थिए । बिजयबास निवासमा प्रधानमन्त्रीको संदेश बारेपनि छलफल भएको थियो । पार्टी बिभाजन गरेर सरकार जाने अन्तिम निर्णय एकसाता अघि त्यही भएको स्रोतले बताएको छ ।

सरकारमा जाने या नजाने बिषय नै राप्रपा विभाजनको मुख्य चुरो बन्यो । पार्टी अध्यक्ष थापा उपप्रधानमन्त्री पाए आफै नेतृत्व गरि सरकारमा जाने पक्षमा थिए भने दीपक बोहरा उपप्रधानमन्त्री नदिन सत्तारुढ दलका नेताहरुसँग आग्रह गरिरहेका थिए ।

सत्ता गठबन्धनका दुई नेता प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोहराको पक्षमा लागे । उनीहरु राप्रपालाई उपप्रधानमन्त्री नदिने निस्कर्षमा पुगे । त्यसपछि थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा उभिए । तर पशुपति शम्शेर राणा भने उपप्रधानमन्त्री नपाएपनि सरकारमा जानु पर्ने पक्षमा थिए । एस काठमाडौंमा समाचार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...