ठुलै पद पाउने भएपछि नयाँ शक्तिका सहसंयोजक एमालेमा प्रवेश गर्दै

  • काठमाडौं । 
बाबुराम भट्टराई नेतृत्वकोनयाँ शक्ति नेपालका प्रभावशाली नेता एवं मधेस विभाग प्रमुख रामचन्द्र झा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । 

यसका लागि झाले नयाँ शक्ति छाडिसकेका छन् । नयाँ शक्तिमा झा सहसंयोजक पदमा कार्यरत थिए ।

नयाँ शक्तिले बोकेको उद्देश्य पूरा नहुने देखिएको, संयोजक बाबुराम भट्टराईको दिशा हिनताको राजनीति र कार्यशैलीमा असन्तुष्टि जनाउँदै झा पार्टीबाट अलग भएका हुन् ।

अब उनी पुरानै घर अर्थात एमालेबाट फर्किन लागेको स्रोतको भनाई छ । यसका लागि उनल एमाले अध्यक्ष केपी शर्मा ओलसँग विभिन्न चरणमा वार्ता समेत गरिसकेका छन् । 

एमालेमा उनलाई ठूलै पद दिने तयारी भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनलाई पार्टीको केन्द्रीय उपाध्यक्ष बनाउन एमाले नेतृत्व करिब करिब सहमत भइसकेको छ । 

केही दिनमै उनी औपचारिक कार्यक्रममार्फत एमाले प्रवेश गर्ने तयार भइरहेको एमाले नेताहरु बताउँछन् ।

२०७४ साउन २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...