अर्कै पार्टीमा ठुलै पद पाउने भएपछि नायिका रेखा थापाले छाडिन् कमल थापाको राप्रपा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivUC3RFnbapw5u2U7qprQjHZc3dxews1yZDKGK6-Ebb1J-0E1Ov7yBoISX4OD7UE2bs1FLSIPu_kPAAUZJs1x1Jb2nwqikV6snBpXtr1zNPJKddqNdT6NBmBDDPcAQlJQj5sUE-4APuLMs/s320/rekha.jpg)
नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छिन । राप्रपा छाडेसँगै उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा प्रवेश गरेकी छन् ।
आफ्नो विचार कमल थापा पक्षसँग भन्दा पनि पशुपति शम्शेर राणा पक्षसँग मिलेको बताएकी छन् । उनले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’
यसअघि उनी माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गर्दा कमल थापा देशकै नायक भएको दाबी गरेकी थिईन् । यसअघि उनी माओवादी केन्द्र परित्याग गरी राप्रपामा गएकी थिइन् । रेखालाई कलम थापाले दिएको भन्दा पनि ठुलो पद पशुपतिले दिने भएपछि उनले पार्टी छाडेको स्रोत बताउछ ।
प्रतिकृया दिनुहोस्
Loading...