दुखद खबर: मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, बस र जीप त्रिशुलीमा खसे..

  • चितवन । 
चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको नाइट बस र मुग्लिनबाट नारायणघाट जाँदै गरेको बा १५ च ९३८१ नम्बरको स्कारपियो जीप माथिबाट खसेको ढुंगे पहिरोले उछिट्टिएर त्रिशुलीमा खसेको त्यहाँबाट पत्रकार सिटि पोखरेलले इमान्दार मिडियालाई बताए ।

बुधबार बेलुका ७ः ३५ बजे भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्न थालेपछि बस रोकेर चालक र यात्रुहरु गाडीबाट ओर्लिएर हेर्दै गर्दा ठूलो पहिरो झरेर गाडी पहिरोले बगाए पनि सबै यात्रुहरु भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले बताए ।

स्कारपियोमा रहेका चार जना यात्रु पनि गाडीबाट बाहिर भएकाले सकुशल रहेका उनले जानकारी दिए । 

नारायणघाट मुग्लिन सडकको प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मात्रै हवाइ तथा स्थलगत अवलोकन गरेका थिए । देउवा बुधबार विहान भरतपुरको आँपटारीमा हेलिकोप्टरबाट झरेर मुग्लिन सडक खण्डको घुमाउनेसम्म स्थलगत अवलोकन गरेका थिए ।

मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ । आजभोलि सो सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...