माइतीघरमा बसेको २३ दिनपछि डा. गोविन्द केसीको अनसन स्थगित

  • राजिब चन्द, काठमाडौं । 
काठमाडौँको माइतीघर चोकमा बसेको अनसन बसेको २३ दिनपछि प्रा.डा. गोविन्द केसीले मंगलबारबाट स्थगित गरेका छन् । देशमा उत्पन्न असहज अवस्थाका कारण भन्दै डा. केसीले केही आमरण अनशन स्थगित गरेको जनाएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै उनी ११ पटक सबैभन्दा लामो अनसन बसेका थिए । तराईका जिल्लाहरुमा बाढीले निम्त्याएको विपद्लाई मध्यनजर गर्दै डा. केसीले अनशन स्थगित गरेको उनका एकजना सहयोगी डा.अभिषेकराज सिंहले बताए ।

पटक पटक गरी एघारौं पटकसम्म आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य सोमवारदेखि निकै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका थिए । आज उनको स्वास्थ्य अवस्थाको ख्याल गरेर डाक्टरहरु परिचालन भएका थिए ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण २६ वटा जिल्ला नराम्ररी प्रभावित भएपछि डा. केसीले उनको अनसनलाई समर्थन गरेर आन्दोलनमा रहेका डाक्टरहरुलाई आन्दोलन स्थगित गरेर उपचारमा तराई जान आग्रह गरेका छन् ।

सरकारले माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला डा. केसीले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्। अन्तिम पटक चिकित्सा क्षेत्रका विकृति अन्त्य गराउने अडानसहित अनसन बसेका डा.केसीको माग सरकारले पूरा गरेको छैन ।

खासगरी एमालेका नेताहरु राजेन्द्रप्रसाद पाण्डे लगायतले डा.केसीको माग कुनै हालतमा पूरा हुन नदिने बताएका थिए ।

लामो समयसम्म अनशन बसेका कारण स्वास्थ्य अबस्था नाजुक भएका डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा भर्ना गरिएको छ।

२०७४ साउन ३१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...