दरबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

  • काठमाडौँ । 
धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ । 

एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन् । 

त्यहाँको विभिन्न महत्वपुर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ । उता थाईल्याण्डमा पुर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । 

यही मौकामा दरबार हत्याकाण्डमा परेकी पुर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।, यो खबर आजको जन आस्था साप्ताहिकमा छ ।

२०७४ साउन ३२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...