'दोहोरी साझ छिरेका माओवादी नेता बेपत्ता' भएको खबर भाइरल बनेपछि...

  • काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झपट साउद वेपत्ता भएको खबर मंगलबार भाइरल भइरहेको छ। माओवादी केन्द्र अछामका अध्यक्ष समेत रहेका साउद शुक्रवार राती काठमाडौँबाट वेपत्ता भएको भन्ने खबर भाइरल भएको हो ।

नेपालका केही अनलाइनहरुले प्रकाशित गरेको उक्त समाचारमा भनिएको छ । 'साउद वेपत्ता भएपछि खोजी गरिदिन भन्दै माओवादी अछामका नेताहरुले आइतवार साझ जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उजुरी दर्ता गरेका छन् ।'

केहि अनलाइनले प्रहरी श्रोतको हवाला दिदै नेता सावदको मोबाइल फोनको लोकेशन समेत ट्याब गरिएको र उनको फोनको लोकेशन शुक्रवार मध्यराती १० वजे काठमाडौंको स्युचाटारमा देखाएको समेत प्रकाशित गरे ।

खासमा यो बेपत्ताको खबर के हो भनेर इमान्दार मिडियाले सूचना भेरिफाइ गर्न खोज्दा दिनभर भाइरल भएको समाचार त जुठो पो रहेछ । हामीले उनका आफन्त तथा माओवादी केन्द्रका बिद्यार्थी नेता डिबी साउदसंग सम्पर्क गर्दा उक्त समाचार झुठो भएको प्रमाणित भयो।

यसरी सुचनाको भेरिफाइ नै नगरी अरुले पोस्ट गरेको समाचार कपिपेस्ट गरी पुनः प्रकाशन गर्दा नेपालका अनलाइन मिडिया प्रतिको विस्वास गुम्दै गइरहेको छ ।

हामीले यसबारेमा झपड साउदसंग टेलिफोन सम्पर्क गर्दा अनाहकमा बास्तविकता नबुझिकनै यस्तो हल्ला फलाइएको बताए । 'काम बिशेषले म घरबाट बाहिर निस्किएको थिए। त्यसै क्रममा मोबाइलको ब्याट्री सकियो शुक्रबार म बाहिर नै बसे घरमा सम्पर्क नहुँदा हराएको हल्ला चलेछ ।' साउदले इमान्दार मिडियासंग भने ।

साझपख काठमाडौँको बानेश्वर स्थित मायालु दोहोरी सांझ छिरेका साउद एकाएक सम्पर्क बिहिन भन्दै प्रकाशित भएको उक्त समाचार केहि छिनमै भाइरल बनेको थियो  । 

हेर्नुस केही अनलाइनले प्रकाशित गरेको उक्त समाह्चरको स्क्रिनसर्ट






२०७४ साउन ३१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...