एमालेको दवावपछि देवी ज्ञवालीका छोरा निरबलाई अदालतले छोड्यो !

  • काठमाडौं । 
भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको छोरा निरव ज्ञवाली पक्राउ परेको २४ घण्टा नवित्दै रिहा भएका छन् । 

मेयरकी उम्मेद्वार रेणु दाहाललाई फेसबुकबाट अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेको आरोपमा पक्राउ परेका निरव बिहिवार धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले साइबर अपराधमा मुद्दा चलाउनका लागि अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार धरौटीमा रिहा गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले निरबलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

दुई महिनाअघि ज्ञवालीले फेसबुकबाट रेणुलाई अपशब्द प्रयोग गरेको भन्दै रेणुका पतिले चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

निरबको पक्षबाट बरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष टिकाराम भट्टराई,रमेश बडाल लगायतका २५ जना कानुन व्यवसायीले बहस गरेका थिए । 

सरकारी वकिलले निरब विरुद्ध पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना मागदाबी गरेपनि एमालेको दबाबपछि उनलाई धरौटीमा रिहा गरिएको हो ।

काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेपछि निरबलाई महानगरिय अपराध महाशाखाको टोलीले बुधबार पुतलीसडकबाट नियन्त्रणमा लिएको थियो।

२०७४ साउन १९ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...