श्रीमतीसँग कारुणिक भावमा अनुमति माग्दै केशबले गरे आत्महत्या (सुसाइड नोटसहित)

  • काठमाडौं । 

सुखी जीवन र परिवार बनाउने सपना बोकेर पन्ध्र महिना पहिले दक्षिण कोरियामा मजदुरी गर्न पुगेका पर्वत थापाथानाका केशब श्रेष्ठले सुसाइड गरेका छन् । सुसाइड गर्नुभन्दा पहिले उनले आफ्नी श्रीमतीसँग कारुणिक भावमा अनुमति मागेको भेटिएको छ ।

उनले सुसाइड गर्नुपहिले श्रीमती र बहिनीलाई सम्झिएका छन। कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा पासोमा झुण्डिएर श्रेष्ठले यही सोमबार आत्महत्या गरेका थिए । उक्त घटनाको पुष्टि उनकै रुम पार्टनर अमृत गिरी गरेका छन् । राति सँगै सुतेका केशबलाई काममा जाने बेलासम्म नदेखेपछि खोजी गर्दा भर्याङमा पासो लगाई झुण्डिएको अवस्था फेला पारिएको थियो ।

निद्रा नलाग्ने, तनावमा देखिँदै आएका केशबको मृत्यु आत्महत्याबाटै भएको पुष्टि उनले डायरीमा लेखेर छाडेका नोटले गरेको गिरीले बताए । केशबले झुण्डिनु भन्दा पहिले आफनो डायरीमा आफू मर्न गइरहेको र त्यसका लागि श्रीमतीसँग अनुमति मागेको निकै कारुणिक भावमा उल्लेख गरेका छन ।

उनले नमस्कार भनी लेख्न शुरु गरेका डायरीमा आत्महत्याको कारण भने निद्रा नलाग्ने, लामो समयदेखि कायम रहेको आन्तरिक स्वास्थ्य समस्या, जति उपचारका गर्दा पनि निको नभएकोले दिनहरु बिताउन साह्रै गाह्रो भएको, कम्पनीले घर जान बिदा नदिएकोजस्ता प्रष्टिकरण लेखेर छाडेका छन्, जसलाई इमेजमा देख्न सकिन्छ ।

‘आफ्नो स्वास्थ्यको आन्तरिक समस्याले निद्रा नलाग्ने, विगत केही समयदेखि उपचार गर्दा पनि निको नभएको र दिनहरु बिताउन साह्रै गाह्रो भएका कारण आजबाट बिदा हुने अनुमति माग्दछु’ उनले श्रीमतीलाई नोटमा लेखेका छन् ।

नोटमा स्वास्थ्य समस्याले काम गर्न गाह्रो हुँदा समेत कम्पनीले बिदा समेत नदिएकाले घर आउन नसकेको दुःख पोखिएको छ । यसबाट उनले बिरामी परेपछि धेरैपटक बिदा मागेको तर कम्पनीले बेवास्ता गरेर काममा लगाएको प्रष्ट हुन्छ । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि मान्दैन’ डायरीमा लेखिएको छ ।

उनले लेखेका छन् 'अन्तमा केशबले आफ्नो बैंक खातामा भएको पैसा श्रीमती र बहिनीलाई पुर्याइदिन समेत आग्रह गरेका छन् । ‘मेरो एकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला उही केशब श्रेष्ठ।’ उनले उक्त नोटमा हस्ताक्षर गर्दै आफ्नो जीवनको अन्त्य गरेका छन् । 

मजदुरी गर्न कोरिया पुगेका नेपालीहरुले एक वर्षमा मात्र २० जनाले आत्महत्या गरेको र १२० जनाको अन्य विभिन्न कारणले मृत्यु भएको घटना बाहिर आएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...