साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा


काठमाडौं ।

साफ यु–१५ फुटबल च्याम्पियनसीप शुकबारबाट काठमाडौंमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शुकबार बंगलादेशले श्रीलंकाको सामना गर्ने छ ।


प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोली सहभागी छन् ।

सहभागी राष्ट्रहरुलाई दुई समुहमा बिभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गरेका थिए । प्रशिक्षक श्रेष्ठले अरु टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य रहेको बताए। 

समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ ।

२०७४ भदौ २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...