यसकारण पक्राउ परे कम्युनिष्ट नेता माइला लामा ! पढ्नुहोस् विस्तृतमा

  • समिर चन्द, काठमाडौं ।
आफ्नो पार्टीको चुनाव बहिष्कार अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई बिहिबार दिउसो प्रहरीले गिरप्तार गरेको छ । 

तर सोह्रखुट्टे प्रहरी वृतका प्रमुख डिएसपी सोमेन्द्र सिंह राठौरले नेकपाबाट निष्काशित पूर्व केन्द्रीय सदस्य गगन खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा नेता लामालाई गिरफ्तार गरिएको इमान्दार मिडियालाई बताएका छन् । 'नेकपाका नेता माइला लामालाई गिरफ्तार गर्नुको कारण के हो ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिदै डिएसपी राठौरले भने - 'गगन खड्कालाई कुटपिट गरेको आरोप उहालाई लागेको छ । हामीले उहालाई त्यही केशमा समातेका हौ ।'

के सोह्रखुट्टे प्रहरी वृतमा नेता लामाबिरुद् किटानी जाहेरी परेको छ ? भन्ने हाम्रो अर्को प्रश्नको उत्तर दिदै उनले किटानी जाहेरीकै आधारमा उनलाई पक्राउ गरिएको बताए । 'कुटपिट गरेको भन्दै गगन खड्काले उहाको नाममा किटानी जाहेरी दिनुभएको छ । त्यसैले हामीले पक्राउ गर्नुपर्यो ।' डिएसपी राठौरले इमान्दार मिडियासँग टेलिफोन बार्ताका क्रममा भने । त्यहि उजुरीका आधारमा सोधपुछका लागि नेता लामालाई चावहिलबाट नभई महाराजगन्जबाट गिरफ्तार गरेको डिएसपी राठौरले जानकारी दिएका छन् ।

कम्युनिष्ट पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामा गिरप्तार

भर्खरै केहिदिन अघि मात्र आन्तरिक सूचना चुहावट, आर्थिक अनियमितता तथा अन्य पार्टीसँग साठगाठ गरेको भन्दै नेकपाले आफ्ना केन्द्रीय सदस्य गगन खड्कालाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । खड्काले आफु पार्टीबाट निष्काशित भएको झोकमा केहि चिनजानका साथीभाईहरु जम्मा गरेर अर्को पार्टी खोल्छु भन्दै बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

नयाँ पार्टी घोषणा कार्यक्रम सकेर काठमाडौं गार्डेन हाउसमा पार्टी मनाइरहेको अवस्थामा जीवनमाथि एक्कासी अज्ञात समूहले आक्रमण गरेको थियो । तर कसले उनीमाथि आक्रमण गरेको हो भन्ने बारे अझै पनि खुल्न सकेको छैन । 

गिरफ्तारीको बास्तविक कारण भने यस्तो छ 

यता इमान्दार मिडियालाई प्राप्त सूचना अनुसार नेता लामा गिरफ्तार पर्नुको कारण अर्कै छ । उनलाई चुनाब बहिष्कार अभियानका क्रममा प्रहरीले निक्कै निगरानीमा राखेको थियो । उपत्यकासहित देशभरबाट पक्राउ परेका अन्य नेता कार्यकर्ताहरुलाई समेत प्रहरीले 'माइला लामा कहाँ छन् ? के गर्छन ? के खान्छन ? कहाँ बस्छन ? जानकारी देउ ।' भन्दै यातना दिने गरेको खुलासा भएको छ ।

'चुनाव बहिष्कारका बेला मलाई प्रहरीले समातेर २३ दिन भित्र राख्यो । त्यो २३ दिन नै तिम्रा नेता माइला लामा कहाँ छ ? के गर्छन ? कहाँ बस्छन ? हामीलाई जानकारी देउ तिमीलाई छाडी दिन्छौंसम्म भन्यो । कमरेड माइलालाई पहिले देखि नै गिरफ्तार गर्न प्रहरीले सम्पूर्ण शक्ति लगाएको भए पनि उहा जनतासँगै भएकोले समात्न सकेको थिएन ।' नेकपाका एक जिल्लास्तरीय नेताले इमान्दार मिडियासँग भने ।

उनका अनुसार लामासहित सबै केन्द्रीयस्तरका नेताहरु प्रहरीको निगरानीमा थिए । उसो त स्थानीय चुनाब बहिष्कारका क्रममा माइला लामा सहित अन्य केन्द्रिय नेताहरुलाई पक्राउ गर्न नसकेकोमा प्रहरीभित्र खैलाबैला भएको गृहमन्त्रालय श्रोतले यसअघि नै इमान्दार मिडियालाई जानकारी दिइसकेको थियो ।

शेरबहादुर देउवा गठबन्धनमा बनेको प्रचण्ड नेतृत्व सरकारका गृहमन्त्री विमलेन्द्र निधिले नै माइला लामालाई गिरफ्तार गर्न प्रहरी सङ्गठभित्र सर्कुलेशन नै जारी गरेका थिए । लामालाई समात्न असफल भएपछि निधिले 'विप्लवका नेता कार्यकर्ता र समर्थकहरु जहाँ भेटिन्छन त्यहीँबाट समातेर ल्याउ' भन्दै प्रहरीभित्र अर्को सर्कुलेशन जारी गरेर निर्ममतापूर्वक कम्युनिष्ट पार्टीको पछाडी लागेका थिए ।

चर्चित कम्युनिष्ट नेता माइला लामा गिरप्तार परेसँगै सामाजिक सञ्जालमा जनार्दनको खेदो खनियो

चुनावमा भाग लिने या नलिने ? के गर्ने भन्ने बिषयमा खुला रुपमा बहस छलफल गर्न पाउने जनताको अधिकारको घाटी निमोठेर प्रचण्ड सरकारले पहिलो चरणको स्थानीय निर्वाचन जसोतसो सम्पन्न गर्यो । लगत्तै फेरी प्रचण्ड गठबन्धनमा देउवा प्रधानमन्त्री बने र गृहमन्त्रीको जिम्मा जनसेनाक पुर्व डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले पाए । प्रभाकरले गृह सम्हालेकै दिन नेकपाका ३ केन्द्रीय नेता अशल क्षेत्री, बन्धु चन्द र सुवाससहित दर्जनौं कार्यकरत गिरफ्तार भए । नेकपा केहि नेता कार्यकर्ता अझै जेलमा छन् । 

उसो त दशबर्षे महान जनयुद्दको मर्म र औचित्यलाई लत्याउँदै क्रान्ति अपुरो छोडेर प्रचण्ड संसदीय राजनीतिकमा बिलय भएको नेकपाको आरोप छ ।

संबिधानले नै ग्यारेन्टी गरेको शान्तिपूर्ण राजनितिमा रहेका नेकपाका नेता कार्यकर्तामाथि प्रचण्ड गठबन्धन सरकारको यस प्रकारको धरपकड र गिरपतारीले उसले लगाएको आरोप पुष्टी पनि हुन्छ ।

२०७४ भदौ १ गते प्रकाशित

यो न्युज पढ्न छुटाउनुभयो की ?



, ,

प्रतिकृया दिनुहोस्

Loading...