चर्चित कम्युनिष्ट नेता माइला लामा गिरप्तार परेसँगै सामाजिक सञ्जालमा जनार्दनको खेदो खनियो

  • राजिब चन्द ।
नेपाल कम्युनिष्ट पार्टीका चर्चित नेता माइला लामालाई गिरफ्तार गर्न आदेश दिएसँगै गृहमन्त्री जनार्दन शर्माको धज्जी उडाउदै सामाजिक सञ्जाल प्रयोगकर्ताले बिरोध गरेका छन् ।

अशल जन गायकको छवी बनाएका लामा लोकप्रिय नेता मानिन्छन । बिना कारण गिरफ्तार गरिएका जनसंस्कृतिकर्मी लामालाई रिहा गर्न मागसहित शेरबहादुर देउवा सरकार र गृहमन्त्री शर्माको चौतर्फी आलोचना शुरु भएको छ ।

कम्युनिष्ट पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामा गिरप्तार

नेकपाका नेता कार्यकर्तासहित अन्य कलाकारहरुले पनि लामालाई गिरफ्तार गरेको प्रति आपत्ती जनाएका छन् । 

यसैबीच अखिल नेपाल जनसांँस्कृतिक महासंघले प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार तथा लोकप्रिय जनकलाकार, जनसंस्कृतिकर्मी माइला लामालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ ।

बिहीबार दिउँसो चावहिलबाट लामालाई बैठक बसिरहेको अवस्थामा सादा पोशाकका आएका सोह्रखुट्टे प्रहरीले गिरफ्तार गरेको थियो । जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले बिहीबार दिउँसो फेसबुक पेजमा स्टाटस लेख्दै लामाको तुरुन्त रिहाइको माग गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज, प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार तथा लोकप्रिय जनकलाकार, जनसंस्कृतिकर्मी माइला लामालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ महासचिव थपलियाले स्टाटसमा लेखिएको छ ।

थपलियाले हाल लामा अस्वस्थ रहेको भन्दै उपचारको व्यवस्था मिलाउन र तत्काल रिहा गर्न भनेका छन् ।
लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्यूरो ईन्चार्ज समेत हुन् । उनी अखिल क्रान्तिकारीको उपत्यका विशेष समन्वय समितिको बैठकमा थिए ।

हेर्नुहोस् केहि स्टाटसहरु





, ,

प्रतिकृया दिनुहोस्

Loading...