मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु, एकको सकुशल उद्धार

  •  मकवानपुर ।

पौडी खेल्ने क्रममा  मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । 

मनहरीबजार नजिकै खोलामा पौडी खेल्न गएका उनीहरुको डुबेर ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ  ।  मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको छ ।

मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन थिङ, १० वर्षका अलेश रुम्बा र १२ वर्षका प्रशका रुम्बा छन् । १५ वर्षका बुद्ध मोक्तानलाई स्थानीयले जीवितै उद्धार गरेका हुन् ।

खोलाले बगाएका एकजना बालकलाई भने सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए । गम्भीर घाइते रुम्बालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । मृतकको शव स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

२०७४ भदौ ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...