मेस्सीका बुबाले सिटीका अधिकारीसँग भेट गरेको खुलासा


काठमाडौं ।

स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी रहँदा उनी इंग्लिस क्बल म्यानचेस्टर सिटी जाने चर्चा चलिरहेको छ ।
चर्चाकै बिच मेस्सीका बुबा जर्ज मेस्सीले सिटीका अधिकारीसँग भेट गरेको खुलासा भएको छ । 

मेस्सीको ट्रान्सफरबारे कुरा गर्न मेस्सीका बुबाले सिटीका फुटबल डिरेक्टर टिकी बेगिरीस्टैनसँग भेटेको बेलायति पत्रिका ‘द सन’ ले उल्लेख गरेको छ । उनीहरुले मेस्सी म्यानचेस्टर सिटीमा आउन सम्भावना बारे कुरा गरेको खबरमा उल्लेख छ ।

मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौताका लागि आफू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् । ट्रान्सफरको समय रहँदासम्म क्लबले बनाउने योजनालाई हेरेर नयाँ सम्झौता गर्ने उनले बताएका छन् ।

मेस्सीको बार्सिलोनासँगको सम्झौतामा ढिलाई भइरहँदा मेस्सीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३ सय मिलियन युरोको अफर गरेको हो । यदि मेस्सी राजी भएमा फुटबलमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रान्सफर हुने छ । बार्सिलोनाको व्यवस्थापनबाट मेस्सी सन्तुष्ट नरहेको र म्यानचेस्टर सिटीका अधिकारीहरु मेस्सीसँगको भेटमा रहेको स्पेनिस सञ्चार माध्यममा खबर छ ।

यसअघि नै सम्झौताका लागि राजी भइसकेको भनिए पनि उनको सम्झौतामा भएको ढिलाईले उनले क्लब छाड्ने डर बार्सिलोनामा देखिएको छ । बार्सिलोनाले लियोनल मेस्सीसँग सन् २०२१ सम्मका लागि सम्झौता गर्न खोजेको छ । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले क्लबसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न समय लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...