मजदुरहरुको लाखौं कुम्ल्याएर ठेकेदार रामबाबु फरार, न्याय खोज्दै मिडियामा पुगे मजदुरहरु

  • काठमाडौँ । 
नेपालमा दलालै दलालको बिगबिगी बढिरहेको बेला बिहान काम गरेर बेलुकाको छाक टार्ने मजदुरमाथि पनि दलालहरुले अन्याय गर्न थालेका छन् । यस्तै एउटा घटना बाहिर आएको छ । 

मजदुरलाई महिनौं काम लगाएर एक जना ठेकेदार लाखौं ठगी गरेर फरार भएका छन् । दिनभरी काम गरेर बेलुका छाक टार्नुपर्ने निम्न आए स्तर भएका मजदुरहरु नै यसरी ठगी गर्ने ठेकेदारको हातमा परेपछि उनीहरुको हालत खराब भएको छ ।

आफुहरुले महिनौं काम गरेको तलब नपाएर उल्टै रासनपानी समेत उदारो खानुपरेपछि मजदुरले मिडिया गुहारेका छन् । उनीहरु भन्छन्- 'हामी गरिबको पक्षमा बोल्ने कोही छैन । ठेकेदारहरुको लागि त्यो पैसा सामान्य होला तर हाम्रो त त्यहि पैसा हात नलाग्दा उठिबास लाग्ने अबस्था आउछ ।'

उनीहरुले नुवाकोटको ककनी घर भइ हाल काठमाडौँको नेपालटार बस्ने रामबाबु जिसी नामका ठेकेदार मार्फत काम गरेका थिए । मजदुरलाई जिसीले सुरुमा पैसा दिन्छु भनेर काम लगाएका थिए । केहि रकम दिएपनि लामो समयसम्म काम गरेको रकम नदिएपछि उनीहरु मिडिया गुहार्न पुगेका हुन् । 

नुवाकोटको विभिन्न ठाउँमा काम लगाएर ठेकेदार रामबाबु जिसीले यसरी मजदुरहरुलाई लाखौ रुपैया ठगी अन्याय गरेका छन् । उनले २०७३ सालको पुसबाट चैतसम्म काम लगाएर मजदुरको करिब १३ लाख रुपैया ठगी गरेको देखिएको छ ।

मजदुर नेत्र नाथ योगीले हामीलाई दिएको जानकारी अनुसार जिसीले काठमाडौँको नागार्जुन कन्ट्रक्सन मार्फत ठेक्का लिएर बिकास विसीलाई जिम्मा दिइ मजदुरलाई काममा लगाएका थिए । मजदुरहरुले हामीलाई पठाएको कामदार विवरण र तलब स्केलअनुसार उनीहरुले ८ सयका दरले काम लिएको देखिएको छ ।

मजदुरहरुले रामबाबु जिसी र बिकास बिसीमार्फत काम लिएर २ हजार ५ सय ११ वटा हाजिर गरेको देखिएको छ। मजदुरहरुले पाउनुपर्ने २० लाख ८ हजार ८ सय रकममध्ये रामबाबुले जम्मा ६ लाख ८० हजार मात्र दिएर बाकी १३ लाख २८ हजार ८ सय रकम आफै कुम्ल्याएका हुन् । हाल उनि मजदुरहरुको सम्पर्कमा छैनन्, १३ लाख लिएर फरार भएका छन् ।

हामीले यस बिषयमा बिकास बिसीलाई सम्पर्क गर्दा उनले आफुहरुले मजदुरलाई काम लगाएको स्वीकार गरे । उनले भने- 'मैले मजदुरहरुलाई काम लगाएको साचो हो । मैले नागार्जुन कन्ट्रक्सनका एक जना ठेकेदार रामबाबु जिसी मार्फत काम लिएको हुँ । जिसीले मलाइ सबै रकम दिएका छैननन् । उनि अहिले मेरो सम्पर्कमा आउन चाहादैनन् । त्यसैले मलाइ पनि पैसा तिर्न गाह्रो भइरहेको छ ।'

आफुलाई मजदुरहरुले पुरै घेराबन्दी गरेर पैसा मागिरहेको बिसीले इमान्दार मिडियालाई बताए । उनले आफुले मजदुरको रोजीरोटीलाई ख्याल गर्दै ऋण काढेर कयौ रकम बुझाएको र केही बाकी रहेको समेत बताएका छन् ।

जिसी र बिसीले काम लगाएर पैसा नदिएपछि विरक्तिएका मजदुर मान बहादुर टमाटाले हाम्रा संवाददातासंग कुरा गर्दै भने -यिनीहरु त मजदुर मारा, फटाहा, ठग, दलालहरु रैछन । हामी जस्ता सोझासाझालाई यसरी महिनौं काम लगाएर हाम्रो पसिनाको मूल्य चुसेर खाए । अब न्याय दिलाइ दिनु पर्यो ।'

हामीले यस बिषयमा ठेकेदार रामबाबु जिसीलाई सम्पर्क गर्दा उनले उल्टै त्यो समाचार दिने मान्छे को हो ? खोजी गर्नुपर्ने भयो भनेर धम्क्याउने कोशिस गरे । 'मलाइ अरु केही थाहा छैन त्यो समाचार दिने मान्छे को हो खोज्नुपर्ने भयो कुन इमेलबाट न्युज आएको छ भन्नुस् त ?' उनले हामीलाई उल्टै प्रति प्रश्न गरे । यसको रेकर्ड हामीसंग सुरक्षित छ । 

यसरी मजदुरहरुको लाखौ रकम खाइदिएर आफ्नो लुटधन्दाको बचाउ गर्दै लगभग ९ महिना काटीसक्दा पनि वास्ता नगर्ने ठग ठेकेदार रामबाबु जिसीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ र मजदुरलाई न्याय दिन जरुरी छ । 

हामीले यस बिषयमा श्रम अदालतका एक जना अधिकारीसंग कुरा गर्दा उनले मजदुरहरुले आफ्नो हिसाबकिताबसहित अदालतमा मुद्दा हालेको खण्डमा मजदुरले पाउने सावाँब्याजसहित ठेकेदारलाई ५ बर्षसम्मको कैद सजाए हुनसक्ने बताए । 

यस्तो छ मजदुरको आफ्नो हिसाब किताब



२०७४ भदौ ८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...