माओवादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी, घर्ती समूहद्वारा छाप र लेटरप्याड कब्जा

  • काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को कार्यालयमा तालबन्दी गरिएको छ । आफ्नै नेताहरुले छापा र लेटरप्याड नियन्त्रणमा लिइएका छन् ।

केन्द्रीय सदस्य जनक घर्तीको समूहले मंगलबार विहानै खलंगास्थित सल्यान जिल्लाको पार्टी कार्यालयमा ताला लगाउँदै छाप र लेटरप्याड कब्जा लिएको हो ।

नेता घर्तीले जिल्ला समन्वय समितिमा आफूलाई उम्मेदवारी दिनु पर्ने बताउँदै आएका थिए ।पार्टीले हरिबहादुर बुढाथोकीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

घर्तीले बुढाथोकीको विरोध गर्दै आएका थिए ।स्थानीय चुनावमा सल्यानका नेताहरु दुई समूहमा विभाजन भएका थिए । त्यसैको बदला भावका कारण जिससको उम्मेदवारी दर्ताको दिन तालाबन्दी गरिएको एक नेताले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...