बाबुरामलाई फेरि झट्का, नयाँ शक्तिका ३ प्रभावशाली नेताले दिए राजीनामा

  • काठमाडौं ।
नयाँशक्तिका तीन जना केन्द्रिय परिषद सदस्यले पार्टीबाट राजीनामा दिएका छन् ।

राजीनामा गर्नेहरुमा संखुवासभा जिल्ला संयोजकसमेत रहेका केन्द्रिय परिषद सदस्य टेकमान राई, केन्द्रिय परिषद सदस्यहरु गोवापासाङ भोटे र चितुभोटे शेर्पा रहेका छन् । राजीनामा गर्ने राई संखुवासभा खाँदबारी निवासी हुन् भने भोटे र शेर्पा संखुवासभाकै भोटखोला निवासी हुन् ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनीहरुले सवै जिम्मेवारीबाट हट्दै साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका छन् । पार्टी भित्र बैचारिक विचलन आएको र बामपन्थी धु्रविकरण गर्नु पर्ने वेला दक्षिणपन्थी शक्तिसँग हातेमालो गरेकाले पार्टी परित्याग गरेको राईले बताए ।

२०५८ सालदेखि सशस्त्र द्वन्द्वमा संलग्न भई दुई वर्ष अघि नयाँशक्ति पार्टी गठन गर्न पुगेका राईले कुन पार्टीमा प्रवेश गर्ने टुंगो नभएको बताए । राजीनामा पत्रमा ब्यक्तिगत कारण देखाउँदै पार्टीले लिएको नीति र कार्यक्रम सफल होस् भन्ने इच्छा देखाएर राजीनामा दिएकोसमेत उल्लेख छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...