मोदीले हाले, शुष्माले दिइन्, देउवाले पिए, अरु सबै लाजले भुतुक्कै...

  • नयाँदिल्ली । 
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा धेरै रोचक घटनाहरु भएका छन् । त्यसमध्ये एउटा घटनाले भने दिल्लीमा नेपाली टोलीमाझ निकै चर्चा पाएको छ ।

घटना हो, बिहीबारको । द्धिपक्षी वार्तापछि संयुक्त पत्रकार सम्मेलन चल्दै थियो । नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण र यसअवधिमा भारतसँग भएका सहमतिका बारेमा धारणा राख्दै थिए ।

त्यसैक्रममा प्रधानमन्त्री देउवा बीचबीचमा खोक्न थाले । उनको स्वास्थ्यमा सामान्य गडबडी भएको थियो । त्यही भएर होला, उनी स्वास्थ्य समस्या रहेका देउवा बोल्दाबोल्दै बीच बीचमा खोक्दै रोकिन्थे । देउवाको यो अबस्था देखेपछि मोदीको नजर नजिकैको पानीको बोतलतिर पर्यो । 

देउवा बोलिरहँदा उनले बोतलको पानी ग्लासमा खन्याइसकेका थिए । पानी ग्लासमा खन्याइसकेपछि मोदीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजतर्फ इशारा गरे । स्वराज आएर त्यो ग्लास बोकेर देउवाको अगाडि राखिदिइन । र, पानी पिउन देउवालाई इशारा गरिन ।

घाँटीमा खसखस भएर होला, बोल्दाबोल्दै बीचमा खोकिरहेका देउवालाई सहृदयी रुपमा स्वराजले पानी दिइन, देउवाले पिए र आफ्नो मन्तब्य टुङग्याए ।

शुष्माले पानी दिँदा देउवा निक्कै भावुक देखिन्थे । उनी भावनामा बहकिएझैं देखिए । त्यही क्षणमा देउवाले नेपालको भूमि भारतबिरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता ब्यक्त गरे ।

देउवालाई पानी पियाउन मोदी र शुष्मा आफै सक्रिय भइरहँदा नेपाली डेलिगेशन भने लाजले पानी पानी देखिएका थिए । दैनिक नेपालबाट

, ,

प्रतिकृया दिनुहोस्

Loading...