सैक्षिक माफिया बिरुद्द लेख्ने र बोल्ने शर्मा मारिन सक्छन् !

  • इमान्दार मिडिया, काठमाडौँ । 
बिगत केहि दिनदेखी नेपालका शैक्षिक माफिया बिरुद्ध नेपाली मिडियामा समाचार, लेख र अन्तर्वार्ता आउन थालेका छन् । यी समाचार, लेख र अन्तर्वार्ताले प्रत्यक्ष वा अप्रत्यक्ष निजी लगानीमा संचालन गरिएका नेपालका बिद्यालयका मालिकहरुको होस् उड्न थालेको छ ।

शैक्षिक माफिया बिरुद्द लेख्न बोल्न र लड्न सानो हिक्मत र आटले पुग्दैन । शिक्षा जस्तो पबित्र पेशाको नाममा कमाउ धन्दामा लागेका माफियाको तागत पनि कम हुदैन । शैक्षिक दलालहरु नेपालको गाउँदेखि सशरसम्म तलदेखि सत्ता शक्तिको उच्च तहसम्म आफ्नो उपस्थिति राख्छन्। 

सरकारका बरिष्ठ कर्मचारी र नेपालको राजनीतिको उच्च ओहोदामा बसेका मान्छेले शैक्षिक माफियालाई प्रत्यक्ष व अप्रत्यक्ष सहयोग गरेका छन । यो कुरा जन-जनले जानेका छन्। 

भ्रष्टाचारले ग्रसित नेपाली समाजमा इमान्दार मिडियाका बरिष्ठ संवाददाता तथा लेखक प्रताप शर्मा  नेपालका शैक्षिक माफिया विरुद्धमा न्यायको लडाईं लड्छु भन्दै कस्सिएर भण्डाफोर अभियानमा लागेका छन्। उनले लेखेका केही समाचार र लेखका कारण नेपालका शैक्षिक माफियाको निद हराम भएको छ । 

अब के शर्मा जिबित रहन्छन ?

शहरमामा शिक्षाको कभरमा अरबौंको व्यापार गरिरहेका माफियाहरुको लुटधन्दा नै धवस्त बनाइदिने गरी लेख्ने, बोल्ने शर्मा के अब बाच्छन त ? भन्ने प्रश्न खडा भएको छ । मूलतः शर्माले काठमाडौँको निजी शिक्षामा लगानी गर्नेहरुको व्यापार चौपट हुनेगरी प्रहार गरेका छन । 

अरबौं सम्पतिका मालिकहरुसंगको उनको टकरावले पैसाको निम्ति जुनसुकै हदसम्म गिर्न सक्ने नेपाली समाजको तत्कालिन चरित्रका अगाडी उनी मारिन सक्छन । नेपालीका एक थरी नागरिकलाई अहिले यही चिन्ताले सताएको छ।

कतिपय मान्छेलाई लाग्न पनि सक्छ यो टिप्पणी आत्मरतिका निम्ति लेखिएको हो ।  तर हामी भन्छौ उनी बाच्नुपर्छ किनकी यो नेपाल सम्बृद्ध बनाउने कुरा यस्तै आटिला, साहाशिक र जोशिला युवाहरुबाट मात्र सम्भव छ । 

पछिल्लो पटक उनलाई शैक्षिक माफियाहरुको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष आएका फोन, म्यासेजका धम्कीले यस्तो कुराको संकेत गरेको छ । शान्तिपूर्ण तर धम्कीका भाषामा उनका नजिककै भनिएका केही र टाढाका भनिएका केहीको तर्फबाट आएका फोन र म्यासेजले यस्तो कुराको पुष्टी गरेको छ । 

शर्माले भन्नुपर्ने कुरा भनेका छन्। शैक्षिक माफिया बिरुद्ध लेख्नुपर्नेसम्म लेखेका छन्। करिब ३ करोडको हाराहारीमा जनसंख्या भएको हाम्रो मुलुकमा उनले लेखेका कुराहरु केही मुट्ठीभर मान्छेहरुका लागी असैह्य भएपनि आम मानिसले तारिफ गरेका छन्।  

निजी बिद्यालयका मालिकहरुको निशानामा शर्मा 

लामो समयदेखि शैक्षिक माफिया विरुद्ध लेख्दै, बोल्दै आएका शर्मा यतिबेला नेपालका निजी बिद्यालय सञ्चालकको निशानामा परेको बताउछन्। उनीमाथिको सम्भावित खतरामा बारेमा हामीले अहिले नै नबोल्ने हो भने चोरलाई चोर भन्नु उनको कमजोरी साबित हुनेछ ।

उनी मरेको समाचार आम नागरिकले सुन्नु नपरोस भन्ने हाम्रो चाहाना हो। इमान्दार मिडिया हाम्रा सहकर्मी, संवाददाता शर्मालाई सार्बजनिक रुपमै सचेत हुन आग्रह गर्दछ । म मारिन सक्छु तर बोल्न छोड्ने छैन भन्ने शर्माको प्रतिबद्धताले माफिया विरुद्धका आन्दोलनकर्मीलाई हौशला पनि मिलेको देखिन्छ ।

उनीमाथिको खतराको संकेतबारे हामीले पाएको सूचनाले समयमै समाचार टिप्पणी मार्फत आम पाठकसामु लैजानु हाम्रो कर्तव्य ठानेका छौ । शिक्षाको नाममा ब्रह्मलुट मच्चाइरहेका माफियाले उनको हत्या योजना नबनाउलान भन्न सकिदैन ।

भौतिक हमलाको धम्कीले व्यवस्था बिरुद्धको लडाई रोकिन्न


नेपाल जस्तो गरिब मुलुकमा शिक्षाको नाममा भइरहेको लुटधन्दाको भण्डाफोर गर्न अघि सर्ने प्रताप शर्माहरुलाई भौतिक असुरक्षा भएपनि यो खराब व्यवस्था विरुद्धको लडाई भने रोकिने छैन ।

यति बेला जनताले माफियासंग प्रश्न गर्नुपर्ने बेला आएको छ । के एउटा प्रताप शर्मा मारेर शैक्षिक अड्डाका मालिकलाई खुसी मिल्छ त ? उनको लडाईं कोही एकाध व्यक्तिहरुका बिरुद्ध नभई व्यवस्थाका बिरुद्दको हो ।

उनलाई राजनीतक हिसाबले पनि असुरक्षाको संकेत देखिएको छ । उनले खुलमखुला सबै पार्टीका विद्यार्थी संगठन सैक्षिक माफियाले किनेको खुलसा गरेका छन । माओवादीका नेता पनि सैक्षिक माफियाले किनेको खुलसा गरेका छन् ।

उनले एक टेलिभिजनसंग अन्तर्वार्ता दिदै भनेका छन्।-'शिक्षालाई व्यापारिक दृष्टिकोणबाट व्यवसाय अन्तर्गत वर्गीकरण गर्ने या नगर्ने सोचौँ र विश्लेषण गरौ के यो व्यापार र ब्रहृमलुट होइन ? नेपालको हरेक क्षेत्रमा दलालीकारणले कब्जा जमाएको छ ।

कोही न कोही लेखक पत्रकार र मिडिया यो वा त्यो तरिकाले शर्माको माफिया बिरोधी अभियानमा जुट्नपर्ने देखिएको छ । यसरी भौतिक असुरक्षाको महसुस् गर्दागर्दै पनि यो अभियानमा दृढतापुर्बक लागेका शर्मा बाचूँन शैक्षिक माफियाको निशानामा नपरुन । दुनियाँमा सत्य बोल्ने मान्छेहरु मारिएका छन। उनी नमारिउन यो हाम्रो चिन्ता हो ।

शर्माका अनुसार यसरी हुन्छ शिक्षाका नाममा ब्रह्मलुट ?

१ कमिशनका आधारमा शैक्षिक पाठ्यपुस्तकको छनौट गरी
२ पोशाकबाट प्राप्त हुने कमिशन
३ ट्यूसन, कोचिङ्ग र अतिरिक्त कक्षाबाट हुने मुनाफा 
४ स्टेशनरीका सामानहरुबाट हुने मुनाफा 
५ विद्यालयमा सञ्चालित क्यानटिनबाट हुने मुनाफा 
६ विद्यालयमा सञ्चालित विभिन्न क्रियाकलाप र गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्राप्त हुने मुनाफा 

२०७४ भदौ ४ गते प्रकाशित

सम्बन्धित यि समाग्रीहरु  पनि पढ्नुहोस्
शैक्षिक माफिया विरुद्ध शर्माले दिएको टेलिभिजन अन्तरवार्ता

, , ,

प्रतिकृया दिनुहोस्

Loading...