सरकारी जागिर खाने चाहाना छ ? सशस्त्र प्रहरीमा २५ सयका लागि भर्ना खुल्यो (बिज्ञापनसहित)

  • काठमाडौँ ।
सशस्त्र प्रहरीले विभिन्न पदका लागी नयाँ कर्मचारी माग गरेको छ । मंगलबार एक सुचना प्रकाशन गर्दै सशस्त्रले प्रहरीले २५ सयका लागि आबेदन माग गरेको छ । 

सशस्त्र प्रहरीले माग गरेको नयाँ भर्नामा जवान २३ सय जना, खुलातर्फ १ हजार २१ सय १९ जना, आदिबासी जनजाती ३ सय ३१ जना, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको लागि ४६ जनाको कोटा छुट्टाइएको छ ।

त्यस्तै भान्छेमा १ सय ७ जनाको माग गरिएको छ, जसमध्ये ५७ जना खुलातर्फका लागि छुट्टाइएको छ । साथै केशकर्तक २५ , सुचिकार १५ चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।

सशस्त्र प्रहरीमा भर्ना हुन्भ चाहने इच्छुक नागरिकले भदौ २८ गते सम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख छ । भर्ना हुन् चाहानेले काठमाडौँ, सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट आबेदन बुझाउन सक्ने छन् ।





, ,

प्रतिकृया दिनुहोस्

Loading...