फेसबुकमा राष्ट्रपतिविरुद्ध लेख्ने पत्रकारलाई ५ बर्षको जेल सजाय

  • काठमाडौँ । 
राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा-द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेल चलान भएका छन् । 

कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् । 

असार २९ गते विहान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार जेल हलान गरिएको हो । 

उनलाई विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकोमा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ ।, यो खबर आजको जन आस्था साप्ताहिकमा छ ।

२०७४ साउन ३२ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...