सुनौली नाकामा भारतले लगायो नाकाबन्दी


काठमाडौं ।

भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ ।

समान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले दुई सय मात्र ट्रक आइरहेका छन् ।

भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यका अनुसार सुरक्षाका कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायातका साधनको आवत/जावतमा अवरोध गरिरहेको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगञ्ज पूर्ण रुपमा ठप्प हुँदासमेत आंशिक रुपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ । सुनौलीमा भएको अवरोधमा बिलम्व शुल्क तिर्दा व्यवसायी करोडौं घाटामा गएका छन्  । नयाँ पत्रिकामा खबर छ।

,

प्रतिकृया दिनुहोस्

Loading...