इतिहासमै पहिलोपटक काठमाडौंबाट समातियो ८८ किलो सुन

  • काठमाडौं ।

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको परेका छन् । 

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचनाका आधारमा प्रहरीले गएराति १० बजेदेखि नै उक्नि स्थान आफ्नो बिशेष निगरानी राखेको थियो ।

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । 

सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ । यसबारे अनुसन्धान सुरु भएको छ । यतिधेरै सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो ।

बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।

२०७४ भदौ १९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...