यी हुन् पुरुषहरुले दिनदिनै गर्ने र सुधार्नुपर्ने ९ गल्तीहरू


हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । 

त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ । य हाँ विशेषगरी पुरुषहरुले दैनिक रुपमा गर्ने गल्तिको बारे चर्चा गरिएको छ ।

हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ । य हाँ विशेषगरी पुरुषहरुले दैनिक रुपमा गर्ने गल्तिको बारे चर्चा गरिएको छ ।

कसिलो बेल्ट बाध्ने – दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना पच्ने सही तरिकाले हुन पाउँदैन । यसले एसिडिटी वा कब्ज्यितको समस्या हुनसक्छ ।

झुकेर बस्ने – लगातार लामो समय झुकेर घन्टौँ बस्ने गरेमा मांसपेशी खुम्चने हुन्छ । यसरी बस्नाले गर्दन, कम्मर र काँधमा दुखाई हुनसक्छ ।

लामो समय गाँडी चलाउँने – बिच–बिचमा ब्रेक नलिई लामे समयसम्म गाडी चलाउँनाले खुट्टामा ‘ब्लड क्लटिंग’ हुन थाल्छ । यसले खुट्टा सुन्निने समस्या हुन सक्छ । प्रत्येक दुई घन्टामा ब्रेक लिनुहोस् ।

ब्याग बोक्ने – दिनभरि काँधमा झोला राखेर हिड्नाले काँधमा रक्त प्रवाह सही तरिकाले हुन पाउँदैन । यसले काँधमा दुखाइको समस्या हुनसक्छ ।

झटपट ओछ्यान छोड्नु – बिहानको समयमा हाम्रो शरीर आराम, स्थिर रहेको हुन्छ । यदि हामी झटपट उठ्यौ भने ब्लड सर्कुलेसन बढेर जान्छ । झट्ट उठ्नाले मांसपेशी खुम्चिन सक्छ । त्यसैले ओछ्यान छोड्नुअघि शरीरलाई तन्काउँने गर्नुहोस् ।

मसालेदार खाना खाने र पानी कम पिउँने – कार्यालय होस् वा घर, कही न कही मसालेदार खाना खानुहुन्छ, यस्तो खानाले पेटभित्र एसिडको मात्रा बढाउँछ । शरीरभित्र रहेको फोहोर बाहिर ननिस्कनले हुँदा मृगौला र पेटको समस्या हुन सक्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ, पानीले शरीरभित्रको फोहोर निकाल्ने काम गर्छ ।

चुइङगम चपाउने – लगातार लामो समयसम्म चुइङगम चपाउँनाले बंगाराको मांसपेशी खराब हुन सक्छ । यसले बंगारा सुन्निने र दुख्न समस्या बढ्न सक्छ ।

खुट्टा खप्ट्याएर बस्नु – लगातार लामो समय खुट्टा पट्याएर बस्नाले खुट्टामा रगत सञ्चार हुन पाउँदैन । यस्तो अवस्थामा रगत खुट्टामा प्रवाह नभई सिधा मुटुमा आउँने भएकाले मुटुको समस्या उत्पन्न हुनसक्छ ।

पेट थिचेर सुत्नु, उत्तानो सुत्नु – पेट थिचेर सुतेमा शरीरमा रगत प्रवाह ठिकसँगले हुन पाउँदैन । यस्तो अवस्थामा टाउँको दुखाई, ढाँड दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने समस्या हुनसक्छ ।

प्रतिकृया दिनुहोस्

Loading...