सिरहाका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक, यस्तो छ ताजा अपडेट

  • सिरहा ।

जिल्लाका १७ ओटै स्थानीय तहको मतगणना सम्पन्‍न भएको छ ।

आइतबार विहान सम्पन्‍न मत गणनामा माओवादी केन्द्रले सबैभन्दा बढी स्थान जितेको छ । उसले ६ स्थानीय तह जितेको छ ।

माओवादी केन्द्रले कर्जन्हा,गोलबजार,मिर्चैया र धनगढीमाई नगरपालिका र अर्नमा र औरही गाउँपालिकामा जितेको छ ।

दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमले ५ स्थानीय तह जितेको छ । फोरमले सिरहा नगरपालिकासहित बरियारपटी,लक्ष्मीपुर पतारी,बिष्णुपुर र भगवानपुर गाउँपालिका जितेको छ ।

त्यस्तै लहान नगरपालिका सहित ४ स्थानीय तह जितेर एमाले तेस्रो भएको छ । एमालेले लहान र सुखीपुर नगरपालिका तथा नरहा र सखुवानान्चारकट्टी गाउँपालिका जितेको छ ।

कुलमा पहिले भएको काँग्रेस सिरहामा भने चौथोमा सिमित भएको छ । काँग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका जितेको छ । सिरहामा राजपाले भने एक स्थान पनि जित्न सकेन ।

२०७४ असोज ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...