के हो बेरोजगर समस्य अनि बैदेशिक रोजगार ?


नकुल चौलागाई।

अहिले नेपालमा एउटा जल्दोबल्दो समस्या भनेको बेरोजगारीको समस्या हो । कुनै एक ब्यक्ति कामबिहिन भएर बस्नु परेको अबस्थालाई बेरोजगारी समस्या भनिन्छ।

बेरोजगार समस्या एउटा ब्यक्तिको मात्र नभई सिङ्गो राष्ट्रको समस्या हो। यहि बेरोजगार समस्यले गर्दा अर्को बिकराल समस्या पैदा भएको छ, त्यो हो वैदेशिक रोजगार । बिदेशमा गएर गरिने जस्तोसुकै रोजगारलाई पनि वैदेशिक रोजगार भन्ने गरिन्छ ।

वैदेशिक रोजगारलार्इ समस्याको रुपमा मात्रै नलि विशेष पाटोको रुपमा लिइन्छ । वैदेशिक बेरोजगारले गर्दा मान्छेको दिमाखमा डिप्रेसन बढ्ने खतरा हुन्छ । वैदेशिक बेरोजगार समस्या नेपालजस्तो विकाष्वाेन्मुख देशमा धेरै नै छ। यसको लागि वैदेशिक रोजगार अति आवस्यक छ ।

बेरोजगारको कारण वैदेशिक रोजगारको लागि १ बर्षमा ५ लाख नेपाली आफ्नो जीवन जोखिमा पारेर विभिन्न देसमा रोजगारको लागि विदेशिनु परेको तथ्यांक नेपाल सरकारसँग छ । कारण नेपालको राजनीति अस्थिरता, उर्जा अभाव र श्रम समस्यले गर्दा रोजगारि सृजना हुने क्षेत्रमा लागानी नहुँदा विदेशिने समस्या धेरै नै बढेको पाइन्छ ।

हामी सबैलाई थाहा छ, नेपाल एउटा गरिब राष्ट्रको सूचीमा पर्दछ, हाम्रो गरिब देसमा बेरोजगारी नै मुख्य समस्याका रुपमा देखा परेको छ ।

नेपालमा हाल बेरोजगारको सङ्ख्या गणना गर्ने हो भने अनगिन्ती रहेको पाइन्छ। आफूले सम्पुर्ण शैक्षिक योग्यता हासिल गरेपनि अन्य सिपमुलक तालिम लिएपनि नेपालको राजनीतिक अस्थिरता यसको बाधकक रुपमा आएको छ ।

नेपालली राजनीतिको कुनै ठेगान हुदैन, ९-९ महिनाको अन्तरालमा सरकार फेरिन्छ जसलेगर्दा बिरोजगार समस्या झन् बढ्छ । र युवाहरू रोजगारका लागि विदेशनु पर्छ । एउटा सरकार आउँछ ९ महिना टिक्दैन एउटा नीति नियम बनाएर जान्छ, त्याे १० प्रतिशत पनि कार्यान्वयन र लागु हुन नपाँउदै अर्को सरकार आउछ र अर्रकै नीति नियम बनाएर जान्छ । याे नै समस्याकाे ठुलाे जड हाे ।

राजनितिक अस्थिरता साथसाथै उर्जा अभाव पनि अर्काे मुख्य समस्या बनेकाे छ, जसकारण बेरोजगारि समस्या बढाउछ र यस समस्यालाई देशले हेरेर बसेक छ ।

सरकारले कुनै पनि योजनाहरु मार्फत यो समस्या समाधान गर्नतर्फ अग्रसरता देखाएको पाइदैन । अर्को मुख्य कुरा भनेको लगानीको अभाव हो, यहि बेरोजगारी क्षेत्रमा लगानी नहुदा बेरोजगार समस्या आएको हो भन्दा पनि फरक नपर्ला ।

वैदेशिक रोजगारका लागि बिदेशिने नेपाली युवा युवतिहरूको सङ्ख्या दिनहुँ पाच हजा भन्दा बढी छ । वैदेशिक रोजगारका थुप्रै महत्वहरू भएपनि याे दिर्घकालिन उपाय भने हैन ।  मुख्य महत्त्व भनेको रेमिटेन्स हाे । रेमिटेन्सका कारण देशको बेरोजगार समस्यामा कमी त आउँछ। तर नेपाली श्रमपसिना विदेशी भूमिमा खेर जान्छ ।

हाे बिदेश गएर अार्थिक अबस्थामा सुधार हुनसक्ला, यति मात्र नभएर बिदेशमा आफुले सिकेको सीप तथा प्रबिधि देशभित्र भित्र्याउन सकिन्छ । देशलार्इ प्रगति र उन्नतिको खुट्किलामा उक्लिन सजिलो हुन्छ ।

यहि वैदेशिक रोजगारको माध्यमबाट अनेकै देशहरूसँग समन्धमा सुधार आउँछ । नेपालको समस्याले नै बैदेशिक रोजगारको जन्म दिएको हामिलार्इ लाग्छ । जसले गर्दा बेरोजगारीले नै ठुलो चुनौती खेप्नुपरेको छ ।

वैदेशिक रोजगारिमा जानको लागि नेपालीहरूले आफ्नो घर खेत बेच्नु पर्ने बाध्यता छ । ब्यक्ति मात्र कहाँ होर ? वैदेशिक रोजगारमा पठाउने दलालहरुबाट नराम्रोसंग ठगिनु पर्ने तितो र लज्जास्पद यथार्थ नदेखेका पनि हामीले होइनौं ।

अनि अर्को कुरा,  नेपालबाट एउटा काम र तलब दिने भन्ने  सर्तमा लगिन्छ उता पुगेपछि सर्त अनुसार काम र दाम पाइदैन । कयौं महिलाहरुले यौन दुव्र्यवहारको सिकार हुनु परेको छ । 

बैदेशिक रोजगारका कारण देशमा जनशक्तिको कमि हुन्छ, जसले गर्दा देश विकासको सपना पनि पूरा हुदैन  ।

अर्को पाटोबाट हेर्ने हो भने बिदेश जान धेरै रकम लाग्ने हुनाले घर खेत बेच्नु पर्ने स्थिति, ठगिमा पर्ने डर अपमानित हुनुपर्नेजस्ता कयाैं समस्याहर पनि छन । तसर्थ बेरोजगार समस्य एउटा व्यक्ति, समाज र ठाँउको मात्र नभइ सम्पुर्ण नेपाली जनता अर्थात सिङ्गो राष्ट्रकै जल्दोबल्दो समस्याको रुपमा खडा भएको छ । 

तर यो समस्य समाधान गर्न वैदेशिक रोजगारले ठुलो भुमिका भने खेलेको भएपनि यसले धेरै किसिमका रोगहरु भने पैदा गरेको छ । बेरोजगारी समस्य समाधान गर्न सरकारले वा सम्बन्धित निकायले बेरोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरेर रोजगार प्रदान गरी बिदेशिने प्रथालाइ रोक्न के गर्नुपर्छ ? योजना पुर्ण ढंगले अगाडी बढेको खण्डमा देशको बिकास साथसाथै बेरोजगारी समस्या कम हुन सक्छ ।

यसका लागि सिपमुलक तालीम प्रदान, उर्जा क्षेत्रमा लगानी बढाउने ,पर्यटन क्षेत्रमा लगानी बढाउने लगाएका विभिन्न बिदेशी प्रोजेक्टमा हात हालेर रोजगार सिर्जना गर्न सकिन्छ । यतातिर पनि नेपाल सरकारले विशेष ध्यान दिनु पर्छ अनि मात्रै हाम्रो देश बिकासतिर जान सक्छ  । हैन भने 'कुवाको भ्यागुतो कुवाको कुवौ' भन्ने उखानजस्तै  नेपाल गरिब राष्ट्रिको सूचिबाट हट्ने छैन।

,

प्रतिकृया दिनुहोस्

Loading...