क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjorLOtruBLTS9ZdJtg-9uRYF3vUC_hujqsD3XERAqWjfk22Awct9r9ecHVAHZ7iRl71d0DmpSY-gaLVedgJee8x5NCktxxpVvGKmyjljx0M3oU5T_LJEfnLnvQ5TYTjOVJGB1CnrZ4A1BA/s640/vv.jpeg)
- पोखरा ।
क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए ।
जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उनले बताए ।
केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ ।
२०७४ असोज ३ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...