७० वटा स्थानीय तहमा मतगणना जारी, ६० तहमा अझै सुरु हुन् सकेन

  • काठमाडौं ।
प्रदेश नम्बर दुईका ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार मतदानपछि भएको थियो । 

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।

२०७४ असोज ३ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...