दर्शकहरुलाई नराम्रोसँग झुक्काएपछि नेपाल आइडल बिरुद्ध यसरी खनियो सामाजिक सञ्जाल !

  • काठमाडौं ।

नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएपछि यतिबेला सामाजिक सञ्जाल त्यसको बिरुद्धमा खनिएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला ? भन्ने उत्कुसता बोकेर प्रतिक्षारत दर्शकहरुलाई शुकबार नेपाल आइडलले झुक्काएको हो ।

शुक्रबारको शोबाट एक जना प्रतिस्पर्धी बाहिरिनुपर्ने थियो । अन्तिम तीनमध्येबाट क्रमशः ‘टप थ्री’ छान्ने निर्णायकहरुले बताए । एपी वान टेलिभिजनबाट प्रशारित शुक्रबारको कार्यक्रमलाई अलि विशेष रुपमा हेरिएको थियो ।

शुक्रबारको शो व्यवसायी तथा गीतकार बसन्त चौधरीको ‘शान्ति लुकाउँ कहाँ…’ भन्ने गीतबाट सुरु भएको थियो । जुन गीत नेपाल आइडलका चारै जना प्रतिस्पर्धीले गाएका थिए । त्यसलगत्तै चारै जना प्रतिस्पर्धीले क्रमशः आफ्नो कला पस्किए ।


शुक्रबारको कार्यक्रममा भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र चलचित्र ‘२ रुपैयाँ’ का नायकद्वय निश्चल बस्नेत र आशिक साह विशेष आकर्षण थिए । उनीहरुले पनि केहीबेर स्टेज तताए ।

दर्शकहरुको चासोको विषय भने अन्तिम तीनमा को को प्रतिस्पर्धी सीमित हुन्छन् भन्नेमै थियो । किनकी शुक्रबारको कार्यक्रमका लागि मात्र ४ जना प्रतिस्पर्धीका लागि ३७ लाख २० हजार २८४ मत प्राप्त भएको थियो ।

जब नेपाल आइडलका जजहरुको निर्णयमा ‘नो एलिमिनेशन’ घोषणा गरियो, तब दर्शकहरु झुक्किए । सामाजिक सञ्जालमा अहिले नेपाल आइडलको चर्को विरोध र आलोचना भइरहेको छ ।

जजले आफ्नो अधिकार प्रयोग गरी यस्तो हर्कत देखाएको भनिएपनि नेपाल आइडलमाथि ठुलो प्रश्नचिन्ह उठेको छ । एपीवानमै आवद्ध केहिले यो काम निर्माताहरुकै निर्देशनमा टेलिकमबाट कमिसन लिनका लागि गरिएको बताएका छन् ।

नेपाल आइडलमा जस्तै अन्य केहि देशका आइडल प्रतियोगितामा पनि यहि तरिका प्रयोग गरेर आयोजकले पैसा कमाउने गरेको आरोप लाग्ने गरेको थियो । यस विषयमा नेपाल आइडल समूहले अहिलेसम्म मुख खोलेका छैन । तर निर्णायकको भनिएको यस्तो निर्णयपछी नेपाल आइडलको यो काम गलत भएको र पैसा कमाउने दाउ भएको आरोप धेरैले लगाईरहेका छन् भने सामाजिक संजालमा पनि यसको तीब्र बिरोध भइरहेको छ । 

हेर्नुहोस् सामाजिक संजालमा देखिएका थप केहि प्रतिक्रियाहरु







, ,

प्रतिकृया दिनुहोस्

Loading...