सरकार हैन अब देशमा जनसत्ता सञ्चालन हुन्छ : जगन

  • कास्की, आस्था नेपाली ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी जगन तिवारीले अब देशमा सरकार नभएर जनसत्ता सञ्चालन हुने बताएका छन्। 

कास्कीको अन्नपूर्ण गाउँ पालिकाको भेलालाई सम्बोधन गर्दै कास्की सेक्रेटरी तिवारीले उक्त कुरा बताएका हुन। नेपालको संसदीय राज्यसत्ता असफल भइसकेको अवस्थामा पुनः नाटकिय ढङ्गमा स्थानीय निकाएको चुनावको ढोङ रची नेपाली जनतालाई भ्रम छर्ने कार्य गरेकोले आफ्नो पार्टीले खारेज गरेको बताए। 

तिवारीले निगम पुजीवाद दलालले नेपाली राज्य सत्ता र जनतालाई आफ्नो चङुलमा पारेको कारण नेपाली जनतालाई भ्रममा राखेको बताए। गाउँ शहरमा एनजीओ र आइएनजीओको नाउमा बाख्रा, कुखुरा बाढ्दै, तालिमको नाउमा आफ्नो स्वार्थ लुटेको बताए।


निगम पुजिवाद दलालको रुपमा नेपालमा घुसेको र यसले राज्यसत्तालाई समेत दलाल बनाएको कारण दलालहरु कहिल्यै जनताको पक्षमा नहुने भएकाले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत निगम पुजीवाद दलालको बिरुद्द सघर्ष गर्नु पर्ने बताए। 

त्यस्तै उक्त भेलाले परिवर्तनको नेतृत्वमा ११ सदस्यीय गाउँ कमिटी गठन समेत गरेको छ।

२०७४ भदौ १६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...