यु- १९ एसिया कप क्रिकेट- नेपाल VS थाइल्याण्ड (लाइभ हेर्नुहोस् )

  • काठमाडौं ।
यु- १९ एसिया कप क्रिकेटको छनोटमा नेपालले अहिले थाइल्याण्डसँग प्रतिष्पर्धा गरिरहेको छ । 

मलेसियामा जारी प्रतियोगितामा नेपालले थाइल्यान्डविरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्।

क्लब अमान मैदानमा नेपाल र थाइल्याण्ड खेलिरहेका छन्। आगामी सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा समूह एमा रहेको नेपालले सेप्टेम्बर १३ मा भुटान र १४ मा सिंगापुरसँग खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

तीन वर्ष अगाडि एसियाली क्रिकेट परिषद् (एसीसी) पुनर्संरचना भएपछि नयाँ संरचनाका रूपमा यो प्रतियोगिता आएको हो । एसियाली क्षेत्रमा यसअघि यसखाले एउटै प्रतियोगिता आयोजना गर्दै आएकामा अहिले प्रतियोगितालाई दुई क्षेत्रमा विभाजन गरिएको छ। अफगानिस्तान, यूएई, कतार, ओमानलगायतका राष्ट्रलाई अर्को क्षेत्रमा राखी एसीसीले नयाँ प्रतियोगिता ल्याएको हो ।

२००७ मा पारस खडकाको कप्तानीमा मलेसियामा उपाधि जितेयता यू–१९ मा नेपाल उपाधिबिहिन छ।मलेसियामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिया कपमा छानिनेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...