अनिल साहद्वारा थाइल्याण्डविरूद्ध अर्धसतक प्रहार


काठमाडौं ।

नेपाल र थाइल्यान्डबीच भइरहेको युथ–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालका अनिलकुमार साहले अर्धसतक प्रहार गरेका छन्। २६औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पहिलो अन्तर्राष्ट्रिय अर्धसतक बनाएका हुन्।

४८ बल खेल्दै साहले ५० रन बनाएका हुन्। उनले २ छक्का र चार चौका प्रहार गरे। थाइल्यान्डले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले अहिलेसम्म दुई विकेट गुमाएर २६ ओभरमा १३१ रन बनाएको छ। नेपालका अनिलकुमार साह र कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा छन्।

नेपालका लागि ओपनर सन्दिपले ५७ बल खेल्दै ३ चौकाको सहयोगमा ३२ रन बनाए। आसिफसँग ३४ रनको साझेदारी गरेका सुनारले अनिलकुमार साहसँग ६० रनको साझेदारी गरे।

यसअघि पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो। उनले २६ बल खेलेर २ चौकासहित २१ रन बनाएका थिए।

२०७४ भदौ २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...