एसिसी यु–१९: नेपालद्वारा थाइल्यान्डसामु २८२ लक्ष्य प्रस्तुत

  • काठमाडौं ।

नेपालले एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २८२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै प्रनित थापामओ गरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। 

उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे। रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए। 

अहिले थाइल्याण्ड जवाफी ब्याटिङमा उत्रिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...