बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीतको हत्या भएको खुलासा

  • काठमाडौँ । 
बलात्कारी बाबा राम रहीमकी छोरी (धर्मपुत्री) हनीप्रीतको हत्या भएको रहस्य खुलेको छ । बलात्कारी ‘बाबा’ जेलमा पुगेका छन् भने छोरी हनीप्रित कहाँ छन् भन्ने जानकारी थिएन ।

केहि समयअघि हरियाना र मुम्बई पुलिसको सहयोगमा पक्राउ परेको खबर आएपनि हरियाना पुलिसले उक्त समाचारको पुष्टि गरेको थिएन ।

हनीप्रीतको हत्या भइसकेको भारतीय इन्टेसिजेन्स ब्यूरोले आशंका गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । हत्या कसले र किन गरेको हो भन्नेबारे केही बताइएको छैन । तर, हनीप्रीतलाई बाबाका धेरै रहस्यहरुबारे जानकारी भएकोले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकिएको छैन । उनीविरुद्ध बाबालाई अदालतबाटै भगाउन खोजेको र शहरमा दंगा भड्काएको आरोप छ ।

हनीप्रीत बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले राम रहीमका सहयोगीहरुले नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले बाबा जेल गएदेखि नै हनीप्रीतको निरन्तर खोजी गरिरहेको छ । तर, अनेकौं ठाउँमा छापा मार्दा पनि उनलाई भेट्टाउन भने सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...