तेस्रो चरणको चुनाव: ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन

  • काठमाडौं ।
असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा व्यवस्था गरिने भएको छ । प्रदेश २ का अधिकांश जिल्लाका मतदान केन्द्रहरु संवेदनशील मान्दै सुरक्षा निगरानी व्यापक बनाइने भएको हो ।

संवेदनशील केन्द्रमा ध्यान

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदान केन्द्रहरु सबै सबेदनशील र अति संबेदनशिलको सुचीमा राखिएको छ । ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा कुल २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र तोकिएको छ । तीमध्ये ३ सय २४ मतदान केन्द्र संबेदनशिल र १ सय ३८ मतदान केन्द्र अति संबेदनशील रहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार संबेदनशिल रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति संबेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित रहनेछन् । यस्तै प्रत्येक मतदान केन्द्रमा सशस्त्र प्रहरीसमेत परिचालन गरिने प्रजिअ पाण्डेले जनाए ।

यसैगरी नेपाली सेनाले नियमित गस्ती गर्ने गरी सुरक्षा ब्यबस्थापन मिलाइएको छ । भारतीय सिमासित जोडिएको मतदान केन्द्रहरुमा सुरक्षालाइ थप ब्यबस्थित वनाउन भारतीय अधिकारीहरुसित पनि छलफल भइरहेको उनले जनाए । 

६८ हजार सुरक्षाकर्मी परिचालन

आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश २ मा निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि प्रदेश २ का ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको आयुक्त सुधिरकुमार शाहले बताए ।

निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । मतदानकेन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाईएको उनले जानकारी दिए । सिरहामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार जनशक्ति खटाइएको सिरहाका प्रहरी उपरिक्षक कोइरालाले जनाए ।

सुरक्षा व्यवस्था कडा बनाइयो 

निर्वाचनका लागि धनुषामा स्थानीय सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालयमा बसेको समितिको बैठकले सुरक्षा अवस्था कडा बनाउने निर्णय गरेको हो ।

बुधबार हुने उम्मेदवारी दर्ता प्रक्रृयाको क्रममा राजनीतिक दलहरुबीच हुन सक्ने हो–हल्ला तथा मुठभेडआदिलाई दृष्टिगत गरी जिल्लास्थित राजनीतिक दलहरुको लागी फरक फरक समय छुट्याइएको छ । उम्मेदवारी दर्ताका लागी प्रत्येक दललाई वेग्ला वेग्लै एक घन्टाको समय दिइएको छ ।

प्रहरी नायव उपरीक्षक प्रवीण धितालका अनुसार–निर्वाचन अवधि भरि मादक पदार्थको सेवन तथा बिक्री वितरणमाथि कडाई गर्ने निर्णय भएको छ । यसैगरी निर्वाचनको क्रममा अवैध सवारी साधनको प्रयोग गरी आपराधिक घटना घटाउन सक्ने हुदा मोटरसायकल,जीप,कारआदिको संचालनमाथि कडाई गरिएको छ ।

डिएसपी धितालका अनुसार– नम्बर प्लेट केरमेट भएका वा विना नम्बर संचालनमा आएका मोटरसाइकल तथा जीप कारआदिलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको छ । यसै गरी मोटरसाइकल चालकले लगाउने कालो रंगको सीसा भएको हेलमेट तथा जिप कारआदिमा जडान गरिएको कालो रंगको सीसामाथि रोक लगाइएको छ ।

बुधवार हुने उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा जिल्लाका १८ वटै स्थानीय तहको निर्वाचन स्थल तथा केन्द्रमा सुरक्षाकर्मीहरु परिचालन गरि सकिएको छ । जिल्लामा कति सुरक्षाकर्मी परिचालन गरिएको भन्ने विषयमा उनी केही बताउन नचाहे पनि जिल्लामा रहेका सुरक्षार्मी भन्दा चारा दोब्बर सुरक्षाकर्मी परिचालन भएको बताए । यसैगरी यस क्षेत्रमा कृयाशील सशस्त्र तथा आपराधिक समूहका व्यक्तिहरुलाई विशेष निगरानीमा राखिएको डिएसपी धितालले बताए । उनले भने ‘घटना हुनुभन्दा पहिले यस्ता शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने योजनामा हामी छौं ।’ कान्तिपुरमा खबर छ ।

२०७४ भदौ २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...