केएल टावरस्थित मोबाइलको मेगा मेलामा अबलोकनकर्ताको भीड

  • काठमाडौं । 
दशैं र तिहारको अबसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ । 

मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाकइ, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने अबसरको साथै केएल टावरले शुरु गरेको दशैंतिहार उपहार योजना र मोबाइल कम्पनीहरुले दशैैको अबसर पारी दिएका बिभिन्न छुट अफर पनि समाबेश गरिएको छ । 

१ हजार देखि १ लाख सम्मका जुनसुकै मोबाइलको खरिदमा ४ वटा अफर पाउने भएपछि एक्सपो अबलोकनकर्ताको भीड लागेको छ । जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज गर्न सकिने भएकाले एक्सपोमा पुराना मोबाइल दिएर नयाँ मोबाइल किन्नेको भीड नै लागेको केएल मोबाइल हबमा सेल्स मेनेजर अजय लामाले बताए । 

चाबहिल र आसपासमा सबैभन्दा लेटेस्ट मल्टिब्राण्ड मोबाइल सोरुम बाट कारोबार गरिरहेको केएल मोबाइल हबमा टच एण्ड फिल सहित मोबाइलको बारोमा जानकारी दिन १३ वटा बिभिन्न मोबाइल कम्पनीको टच एण्ड फिल जोन रहेको छ । 

मेला सुरु भएपछि मोबाइल हबमा ४० हजार भन्दा धेरै अबलोकनकर्ता आएको र १ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भइसकेको केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले बताइन् । मोबाइल हेरी ६० प्रतिशत सम्म छुट दिइएको यो एक्सपोमा एउटा किन्दा अर्को मोबाइल सित्तैमा पाउने अफर पनि समाबेश गरिएको छ । 

एक्सपोमा बिश्व बजारमा पाइने सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ भने ६० मिनेटमा प्रत्यक्ष मोबाइल मर्मत गर्ने सुबिधा पनि रहेको मोबाइल हबले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...