विजय डिस्टीलरीले ल्यायो मास्टर सिलेक्सन् ब्राण्डको नयाँ ह्वीस्की


काठमाडाैं ।

बिजय डिस्टीलरीले नेपालको पहिलो ब्लेन्डेड माल्ट स्कच् विस्की ‘मास्टर सिलेक्सन’ बजारमा ल्याएको छ ।

स्कच विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै ल्याइएको मास्टर सिलेक्सनमा चुनिएको ˆलेभरबाट स्मुद तथा उत्कृष्ट स्वादसहित ल्याइएको कम्पनीले जनाएको छ ।

मास्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्की हो जुन अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ । नेपालकै उत्कृष्ट विस्की उत्पादक मध्ये एक कम्पनिबाट प्रस्तुत यस विस्कीले बिस्तार अघि नै विस्की पारखीहरुको ध्यान आकर्षण गरिसकेको छ । डिस्टीलरीबाटै मास्टर सिलेक्सनको माग अनुरुप विक्री भइसकेको छ ।

स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालयसम्म यो लिमिटेड एडिसन स्कच् हो । ब्लेन्डिङ्को कलालाई आदर गर्ने ह्वीस्कीप्रेमीहरुको सर्मपणमा यो उत्पादन ल्याइएको कम्पनीले जनाएको छ ।

२०७४ असोज ८ गते प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...